माओवादी यो देशको घातक हो आगामी निर्वाचनमा पत्तासाफ पार्नुपर्छ पुर्व अर्थसचिव : रामेश्वर खनाल

  • 242
    Shares

काठमाडौँ। नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले माओवादी नै देश विकासको बाधक भएको दाबी गरेका छन्। नेपाली कांग्रेसले तत्कालिन अवस्थामा माओवादीसँग हात मिलाउनु दुर्भाग्य भएको बताउँदै खनालले माओवादको बन्धनबाट देश मुक्त हुनुपर्ने बताएका हुन्।

 

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘म फेरी दोहोराउँछु। नेपाली कांग्रेसले माओवादीसँग हात मिलाउनु दुर्भाग्य थियो। नेपालको विकासको लागि माओवादको समुलनष्ट हुनु आवश्यक छ।’

 

यस अघि खनालले माओवादीको नाटक धेरै भएको पनि बताएका थिए। उनले भने, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला? कसैको अनुमान? नाटक अलि लामै भयो त।’

 

तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकारसमेत बनेका खनालपछि बाबुरामकै नयाँ शक्ति पार्टीमा समेत आबद्ध भएका खनालको भनाइ छ। उनले बडा दसैँ २०७८ को शुभकामना भन्दै आगामी चुनावमा कसैलाई पनि माओवादी पार्टी मत दिने अवस्था उत्पन्न नहोस् भन्दै सो बन्धनबाट मुक्ति मिलोस् भन्ने कामना समेत गरेका छन्।

 

उनले थप लेखेका छन्, ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक भित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ!’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: