एमालेमा बस्ने साथिहरु खड्क ओलीको दासि हुन : रामकुमारी झाँक्री

  • 491
    Shares

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताइन्।

 

गुल्मीको सदरमुकाम तम्घासमा सोमबार आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेत्री झाँक्रीले जनतालाई धोका दिएर केही नेता एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन्।

 

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो। एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरूले विरोध गरेको उनले बताइन्।

 

यसो गर्दा ओलीको नजरमा आफूहरू नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिस्ट पार्टी स्थापना गरेको उनले बताइन्।

 

अहिलेको कम्युनिस्ट पार्टीमा सबै अट्न सक्ने उनको भनाइ थियो। आफूहरूले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन्।

 

फरक प्रसंगमा नेत्री झाँक्रीले आफूहरूले पार्टी निर्माणको तीनमहिने अभियान चलाउने जानकारी दिइन्। तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख संगठित सदस्य बनाउने उनको दाबी थियो।

 

प्रत्येक संगठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याए मात्रै देशभरबाट नेकपा (एकीकृत समाजवादी) को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताइन्।

 

प्रत्येक संगठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी ६ दिन आफ्ना लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उनले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताइन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: