सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको ह’ ‘त्या आ’रोपमा दुई युवालाई प्रहरीले प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै युवतीको ज्या’न लिएको आ’रोपमा दुई युवालाई सार्वजनिक गरेको हो ।
सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले ती युवतीको ज्या’न लिएको भन्दै प्रहरीले प’क्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा प’क्राउ गरिएको छ ।
सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अ‘नैति’क स’म्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया ग’र्भवती रहेको हल्ला गरेपछि उक्त घ’टना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर ज्या’न लिएको अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ ।
सागरले उक्त घ’टना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५:०० बजे गएर युवती रहेको कोठामै ज्या’न लिएको खुलेको प्रहरीले जनाएको छ ।
दुवै युवालाई आज नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मु’द्दासम्बन्धी क’सुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मृ’तक युवतीको बिहीबार जिल्ला अस्पतालमा पो’ष्टमार्टम गरिएको र रि’पोर्ट आइनसकेकाले ग’र्भवती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले आज नै कि’टानी जाहेरी दिनुभएको छ ।”