काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन्।
शनिबार एमालेको वडा अधिवेशनलाई देशव्यापी रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले पराजित भएका शक्तिहरु आफूहरुका विरुद्ध आइलाग्ने र त्यसकोे सामाना गर्र्र्दै एकजुट भएर बढ्ने उनले बताए।
ओलीले भने, “हामीले एक्लै आगामी निर्वाचनमा हरेक तहमा सनादार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौं।”
ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिक्रियावादी, प्रतिगामीको संज्ञा पनि दिए। ओलीले एमाले युगको अन्त्य भएको भन्ने हल्ला बलेसीको पानीको फोका जस्तै भएको टिप्पणी गरे ।