प्रचण्डलाइ छोडेर एमाले प्रवेश गर्दै बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईं, ओली स्वागत गर्न पुगे झापा

  • 84
    Shares

काठमाडौं : झापाको बिर्तामोडस्थित विवादित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

 

प्रसाईंसहितका विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा गएका छन्। सोही समयमा प्रसाईं औपचारिक रूपमा एमालेमा प्रवेश गर्न लागेका हुन्।

 

दुर्गा प्रसाईंले पनि आफू एमालेमा‍ औपचारिक रूपमा प्रवेश गर्न लागेको बताए। बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा ओलीको हातबाट टीका लगाएर आफू एमालेमा प्रवेश गर्न लागेको समेत बताए। आफूसहित विभिन्न पार्टीका झण्डै चार हजार नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको उनले बताए।

 

‘आजबाट म औपचारिक रुपमा एमालेमा प्रवेश गर्न लागेको छु, अबको देशभरको विकास एमालेले मात्रै गर्न सक्ने हुँँदा म एमालेमा प्रवेश गरेको हुँ’‚ उनले भने।

 

प्रसाईंले यसअघि आफू नेकपा माओवादी भएको बताउने गरेका थिए। प्रसाईं यसअघि असोजमा काठमाडौँको गोदावरीमा सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा पनि सहभागी थिए ।

भर्खरै

सम्बन्धित समाचार

error: