काठमाँडौ – उज्यालोका नायक कुलमान घिसिङ फेरि एकपटक हरेक नेपालीको मनमनमा बस्ने संकेत देखिएको छ । उनी फिल्डमै उत्रिएर खेर गएको बिजुलीको सदुपयोग गर्न रणनीति बनाएपछि उनीप्रति झनै आशा पलाएको हो ।नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरुलाई मागेजति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरुको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल थालेको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
यो पनि हेर्नुहोस् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद गगन थापाले मुलुकमा स्थायित्वका लागि प्राप्त अवसर खेर गएको बताएका छन् । पछिल्लो पटक २०७४ सालको निर्वाचनपछि मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका लागि प्राप्त अवसर शासकका कारण गुमेको बताएका हुन् ।
झापा, कात्तिक ७ । एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताउनु भएको छ ।
अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आउनु भएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले केपी ओली जस्तो सँग भेटाइदिएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए ।
सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिनुभएका भट्टले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर बन्न नसकेको बताउनु भयो ।
साथै उहाँले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको भन्दै कडा आक्रोश पोख्नुभयो ।
झापामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा आज भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ ।
एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
चर्चित व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् ।प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ ।
कार्यक्रमाम संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।