ओलीद्वारा प्रधानन्यायाधीश र ४ न्यायाधीशको राजीनामा माग

  • 57
    Shares

­काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र चारजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका तहको अधिवेशन उदघाटन गर्दै ओलीले हिजो परमादेश जारी गर्ने न्यायाधीशहरु अहिले पोल खोलाखोलमा लागेको टिप्पणी समेत गरे ।

 

 

न्यायाधीशहरुको गतिविधिले जनताप्रति अदालतप्रति भरोसा टुटेको बताए । ‘राष्ट्रपतिलाई परमादेश जारी गर्नेहरु अहिले पोल खोलाखोल गर्नुहुँदैछ,’ ओलीले प्रश्न गरे,’ पाकिस्तानी शैलीमा तपाईंहरु पाँचैजनाले सर्वसम्मतिका आधारमा परमादेश गर्नुभएको होला । एकजनाले किन पाँचैजनाले राजीनामा गरे हुन्नँ ?’

 

प्रतिनिधि सभाको पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश २८ असारमा संवैधानिक इजलासले जारी गरेको थियो । उक्त इजलास प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठन भएको थियो । जसमा न्यायाधीशहरु दिपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए । ओलीले जबराले मात्र नभएर पाँचैजनाले राजीनामा दिनुपर्ने बताए ।

 

जनताको समस्याका मुद्दा पेन्डिङमा राखिएको र नक्कली मुद्दाहरु खडा गर्ने गतिविधि भइरहेको टिप्पणी गरे । बारले र अधिवक्ताले इजलास गठन गर्ने अभ्यासहरु भइरहेका छन्, ओलीले भने । राष्ट्रपतिलाई यति घन्टाभित्र प्रधानमन्त्री बनाउनुपर्छ भनेर परमादेश जारी गरेको भन्दै राष्ट्रपतिमाथि धावा बोलिएको बताए ।

 

ओली सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि खनिए । उनले सभामुखमाथि एमालेविरुद्ध नाङ्गो षड्यन्त्रमा लागेको आरोप लगाए ।

 

 

भर्खरै

सम्बन्धित समाचार

error: