गिनिज बुकमा केपी ओली १ नम्बरको गफाडी र उखाने प्रधानमन्त्री भनेर लेखिन्छ : माधव नेपाल

  • 1.3K
    Shares

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताएका छन् ।

मंगलबार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रममा उनले काम केही नगर्ने, झूठा बोल्ने र हसाउने काम गर्ने भन्दै गिनिज बुकमा ओलीको नाम नेपालको १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताए ।

उनलेभ भने, ‘गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिन्छ ।’

यसअघि अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले नै गिनिज बुकको आधा भाग भरिने दावी गरेका थिए । ओलीको त्यहीँ बोलीको काउन्टर गर्दै नेपालले ओलीलाई गफाडी प्रधानमन्त्रीको संज्ञा दिए ।

अध्यक्ष नेपालले एमालेमा विद्रोह गरेर निस्केपछि देशमा विद्रोहको राँको बालेको पनि दावी गरे । अहिले त्यहीँ राँको लिएर लिएर देश दौडाहामा लागेको पनि उनले बताए।

अहिले नेपालको राजनीतिक इतिहासमा विद्रोहको झिल्को बलेको उनको भनाइ छ। उनका अनुसार कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ।

अध्यक्ष नेपालले आफूहरुले सदैव नेताभन्दा नीति, पार्टी र विधिलाई मान्यता दिएको पनि बताएका छन्। तर, एमाले ओलीको इशारामा चल्ने संस्थाजस्तो बनाइएको भन्दै ओली दक्षिणपन्थी शक्तिसँग साठगाँठ गर्ने नेता रहेको आरोप लगाए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: