साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा नि’धन ..बास्तविक कसरी भयो त मृत्यु

  • 63
    Shares

सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको नि’धन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना भएका पुनीतको नि’धन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए ।

पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् ।उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा नि’धन भएको मिडियाले उल्लेख गरेका छन् ।

पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।पुनीतको जन्म सन् १९७५ मार्च १७ मा भएको हो ।

भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

error: