अर्घाखाँची :जिल्लाकै पहीलो पाणिनि स्पोर्ट्स एकेडेमी ले पाणिनिमा खुल्ला भलिवल प्रतियोगिता गर्ने भएको छ।

  • 72
    Shares

अर्घाखाँची । पाणिनि स्पोर्टस एकेडेमि अर्घाखाँचीले आफ्नो पहिलो वार्षिकोत्सब यहि कार्तिक २५,२६ र २७ मा विविध कार्यक्रमका साथमा सम्पन्न गर्ने भएको छ। जस अन्तर्गत पाणिनीमा गाउँपालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिता गर्ने भएको छ ।

महिला र पुरुष गरि दुई विधामा गर्न लागिएको भलिवल प्रतियोगितामा महिला खेलका लागि भने पाणिनी गाउँपालिका भित्रका खेलाडिहरुको सहभागिता रहने आयोजकले बताएको छ । पुरुष भलिवल प्रतियोगिताका लागि ८ वटा विभिन्न बिधामा पुरस्कार प्रदान गर्ने पत्रकार सम्मेलनमार्फत जानकारि गराइएको छ । जस अन्तर्गत प्रथम पुरस्कार ५१हजार ,द्धितिय ३१हजार, तृतीय २१हजार र सान्त्वना हुनेले नगद ११हजार प्राप्त गर्नेछन् ।

यस्तै महिला भलिवल तर्फ बिजेता र उपबिजेताले क्रमश १०हजार र ५हजार प्राप्त गर्ने आयोजकले जानाकारी गराएको हो । खेलको उद्धघाटन २५ गते पाणिनिको बरकारुख खेल मैदानमा विशेष समारोहका विच हुनेछ।

खेल सम्पन्न गर्नका लागि एकेडेमीले विभिन्न संघ सस्था तथा खेल प्रेमीहरुबाट आर्थिक स्रोत सहयोग उठाउने बताएको छ ।खेल संचालनका लागि प्रादेशिक स्तरका ४ जना रेफ्रीसमेत आउने भएका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: