म र ओली बराबरीमा अध्यक्ष हुने दशबुदे सहमति तोडे ओलिले बेइमानी ओलिलाई अब बाकि छाडिदैन : भिम रावल

  • 883
    Shares

उपाध्यक्ष भीम रावलले दशबुँदे सहमतिसँगै पार्टीमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने सहमति भएको दाबी गरेका छन् ।

 

दशबुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदल संयोजकबाट पाँच दिनअघि बाहिरिएका रावलले आइतबार राजीनामापत्र सार्वजनिक गर्दै त्यस्तो दाबी गरेका हुन् ।

 

‘दशबुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नका लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलले राजीनामापत्रमा भनेका छन्,

 

‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षका रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

 

रावलले गत ५ कात्तिकको स्थायी समिति बैठकमा कार्यदलबाट राजीनामा घोषणा गरेका थिए । उनले लिखित रूपमा गत १० कात्तिकको बैठकमा राजीनामा पेस गरेका हुन् । राजीनामापत्र भने आइतबार सार्वजनिक गरेका हुन् ।

 

नेपाललाई पनि दोस्रो अध्यक्ष बनाएर पार्टी एकता जोगाउन तयार रहेको अध्यक्ष केपी ओलीले विभाजनअघिको केन्द्रीय कमिटीमा घोषणा गरेका थिए । तर, नेपालले आफूलाई दोस्रो अध्यक्ष स्वीकार्य नभएको भन्दै सार्वजनिक कार्यक्रममा अन्य नेताको नाम प्रस्ताव गरेका थिए ।

 

दशबुँदे सहमतिलगत्तै कार्यान्वयनका लागि ओली र नेपाललाई भेटाएर दुई अध्यक्षमा लैजाने सहमति निर्माणमा संलग्न नेताहरूको प्रयास असफल भएपछि एमाले विभाजित भएको थियो ।

 

सुदूरपश्चिममा दशबुँदे कार्यान्वयन भएन, अन्यमा पनि समस्या

रावलले राजीनामापत्रमा सुदूरपश्चिम प्रदेशसहित कतिपय जिल्लामा दशबुँदे कार्यान्वयन नभएको पनि उल्लेख गरेका छन् । ‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानि–१२ को कार्यान्वयन भएको छैन, १ नम्बर प्रदेशका ताप्लेजुङ, सुनसरी, २ नम्बर प्रदेशका सर्लाही र बारा, बागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिकाअन्तर्गत कीर्तिपुर नगर कमिटीलगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाजलगायतका जनसंगठनहरूमा अपानि–१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहीँबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन्,’ रावलको राजीनामापत्रमा उल्लेख छ ।

 

पार्टी एकता कायम गर्न दशबुँदे सहमति कार्यान्वनय गर्दै दुईजना अध्यक्षको व्यवस्था गर्ने विषयमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा त्यस्तो सहमति भएको थियो

 

रावलले दशबुँदे सहमति कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाएर आफूलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी नदिइएकोसमेत दाबी गरेका छन् । ‘पार्टीको निर्णय र सहमतिको कार्यान्वयन गर्दा कुनै पनि किसिमले दोहोरो मापदण्ड अपनाउन मिल्दैन भन्ने स्थापित मान्यता हो ।

 

०७५ साल जेठ २ गतेअघिको स्थितिमा पार्टी र जनसंगठनलाई फर्काउने र पार्टी एकीकरण हुँदा त्यहाँ हुनुभएका र नेकपा (एमाले) पुनर्जीवित भएपछि यही पार्टीमा रहनुभएका कमरेडहरूलाई दशबुँदे सहमतिको बुँदा नम्बर दुई र चारमा उल्लेख भएबमोजिम गर्नेमा कुनै विमति हुन सक्दैन ।

 

तर, कहीँ एकीकरणका वेला जसको जे जिम्मेवारी थियो सोही गर्ने भन्ने र कहीँ त्यसलाई नमान्ने कुरा पार्टी पद्धतिको दृष्टिकोणबाट नै गलत हुन्छ,’ रावलले भनेका छन्, ‘उदाहरणका लागि म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम प्रदेश समन्वय कमिटी (जसलाई अपानि–१२ ले स्पष्ट रूपमा

भर्खरै

सम्बन्धित समाचार

error: