पाँच होइन, १० दल मिले पनि एमालेले एकल बहुमत ल्याऐरै देखाउछौ। : ओली

  • 233
    Shares

काठमाडौं, कात्तिक १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उदघोष गर्नुभएको छ । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोड नगरी एमाले एक्लैले बहुमत ल्याउने बताउनु भएको हो । उहाँले यसका लागि एकताबद्ध भएर तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

 

‘अब हामी आफ्नै एकल बहुमत ल्याउँछौं । जोडजाड होइन, एकल बहुमत । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सीट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौं,’ अध्यक्ष ओलीले भन्नुभयो । ओलीले पाँच दल होइन १० मिलेर आए पनि एमाले बहुमतका साथ आउने चुनौती दिए । ‘एमालेको महासागर, महाभेल अब आउँदैछ । कसैले रोक्न सक्दैन । सचेत तयारी गर्नुपर्छ ।

 

आन्तरिक एकता गर्ने हो । लड्नलाई विरोधी छदैछन,’ उहाँले भन्नुभयो ।एमालेले चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेपालको गन्तव्यमा पुग्ने बाटो र नयाँ संकल्प गर्ने ओलीले बताए । ‘महाधिवेशनबाट गरेर बाहिर निस्केर देश बनाउन लाग्छौं,’ ओलीको भनाई थियो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: