आज गोवर्द्धन पुजा देख्ने बित्तिकै गौ माताको दर्शन गरी पुरा पढ्नुहोस् तपाईको भाग्य चम्किनेछ ।

  • 2.1K
    Shares

काठमाडौँ- यमपञ्चकको चौथो दिन आज एकै दिन गाई-गोरू र गोवर्द्धन पूजा गरिँदैछ ।वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मिठा–मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।

 

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

 

आजै गोवद्धर्न पूजा पनि गरीन्छ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्द्धन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ ।द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

 

किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुलाई विभिन्न परिकार बनाई खुवाउने र पूजा गर्ने गर्दछन् । यस दिनलाई हलि तिहार पनि भनिन्छ ।नेपाल कृषिप्रधान देश भएकाले कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर गोरुको कर्मको महत्वलाई आत्मासाथ गरी गोरु पूजा गरिएको धार्मिक मान्यता छ ।गोरु भगवान् शिवको वाहन पनि भएकाले र वर्षभरी कृषि कार्यमा सघाउने गोरुलाई श्रद्धापूर्वक पूजा गरिएको नेपाल पञ्चांग निर्णायक समितिका ज्यो. पं. सुर्यप्रसाद ढुगेंलले बताएका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: