अबको मिसन राजसंस्था पुनःस्थापना र हिन्दु रास्ट्र को लागि जनमत संग्रह गरौ : रबिन्द्र मिश्र

  • 10.7K
    Shares

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपालमा राजसंस्थालाई कमजोर आँक्न नमिल्ने बताएका छन्। मिश्रले राजसंस्था अहिले निस्क्रिय जस्तो देखिए पनि कमजोर नभएको बताएका हुन्।

 

।मिश्रले भने, ‘सुरक्षा चिन्ताको जब विषय आउँछ, राष्ट्रिय हितको जब कुरा आउँछ, जब राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विषय आउँछ मैले भनेकै हो नेपालको राजसंस्था बलियो संस्था थियो।

 

 

 

नेपालको राजसंस्था नारायणहिटीबाट ढालियो तर निर्मल निवासमा अझै पनि निस्क्रिय शक्तिको रुपमा बसेको छ।’

 

 

 

लोकतन्त्रमा राजसंस्थावादी पनि हुन पाउनु पर्ने मिश्रको भनाइ थियो। उनले भने, ‘म वैचारिकरुपमा राजसंस्थावादी होइन तर यो देशमा कोही हत्याराहरूको पछि लागेर ‘हत्यावादी’ हुन हुने, देश दोहनकारीहरूको पछि लागेर ‘देशदोहन-वादी’ हुन हुने तर कोही ‘राजसंस्थावादी’ हुने वित्तिकै ऊ पश्चगामी हुने ?’

 

 

 

विवेकशील साझा पार्टीले हालै अङ्गीकार गरेको आफ्नो दस्ताबेज “मार्ग परिवर्तनस् विचारभन्दा माथि देश” का अन्तरवस्तुबारे जनस्तरबाट व्यक्त चासो र सरोकारबारे प्रस्ट्याउँदै उनले आफू अहिले संघियताको खारेजी र धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा रहेको स्पष्ट पारेका थिए।

 

 

 

आफूले अहिले नै राजसंस्थाको पुनस्थापनाको कुरा नगरेको तर देशव्यापी जनभावना हेर्दा राजसंस्था प्रति जनताको अझै विश्वास रहेको मिश्रको भनाइ छ।

 

 

 

तथ्य परिवर्तन भएपछी विचार परिवर्तन हुने भन्दै मिश्रले जनताको चाहना राजसंस्था पुनस्थापना भयो भने त्यतिबेला आफूले पनि त्यसलाई सम्मान गर्ने बताए।

 

 

 

म कुनै दिन राजावादी बन्न सक्छु कसैले पश्चगामी भनेर फरक पर्दैनः रविन्द्र मिश्र

 

 

 

बैकल्पिक पार्टी भन्न नछाड्ने तर तर अन्य पार्टीको भन्दा हालत खराब फुटेको औपचारिकता मात्र बाँकि रहेको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफु जुनसुकै बेला पनि बदलिन सक्ने बताएका छन ।

 

 

 

एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा उनले भने देशमा राजसंस्था चाहिन्छ कि चाहिदैन भनेर तपाई र मैले यहाँ टेलिभिजनमा अन्तर्वार्ता लिएर वा दिएर राजसंस्था आउँने वा जाने होइन ।

 

 

 

र जनताको भावना आम रुपमा बदलियो भने, म पनि बदलिन्छु, कसैले मलाई पश्चगामी भने केहि पनि फरक पर्दैन । उनले आफु बदलिन्छु भन्नुको अर्थ आफु कुनै दिन राजा ल्याउँने पक्षमा पनि पुग्न सक्ने बताएका छन ।

 

 

 

त्यसैमा उनले थपे मेरो दृष्टिकोणा के हो भने, जस्तो संघियताको बारेमा मैले निर्णय लिदा खेरि आम जनतामा शान्ति, अमन, चयन स्थिरता देखेको भए।

त्यसैमा उनले थपे मेरो दृष्टिकोणा के हो भने, जस्तो संघियताको बारेमा मैले निर्णय लिदा खेरि आम जनतामा शान्ति, अमन, चयन स्थिरता देखेको भए म यो विषय नै उठाँउदिन थिए ।

 

 

 

केही महिना अघिमात्र उनले संघियता खारेज र धर्मनिरपेक्षबारे जनमत संग्रह गर्नुपर्ने दस्तावेज निकालेका थिए । सोहि दस्तावेजलाई गत साता बिहीबार भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई(तिहाइभन्दा बढी मतले पारित गरेको थियो ।

 

 

 

अहिले विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गरेको छ ।

 

 

 

संघियता र धर्मनिरपेक्षको बिरुद्ध लडने विवेकशील साझा पार्टीको निर्णय

 

 

 

विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तनस् विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ।

 

 

 

बिहीबार भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले उक्त दस्तावेज पारित भएको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

 

 

मिश्रले केही दिनअघि स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए।

 

 

 

उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: