एमसीसी पास गर्न प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र सार्वजनिक गर्नुपर्छः भीम रावल

  • 3
    Shares

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रघाती प्रावधान भएको एमसीसी पास गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाउको पत्र सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा एमसीसी बारे बोल्दै आफु र प्रचण्डले पत्र लेखेको बताएको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले यस्तो विषयमा गोप्य पत्राचार राष्ट्रका पक्षमा नहुने भन्दै भन्दै सो पत्र तुरुन्त सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?

भर्खरै

सम्बन्धित समाचार

error: