नेताहरूले देशलाई चारैतिर संकटमा पर्न थाले अब चुप बसेर हुँदैन ; प्रधानसेनापती

  • 31.9K
    Shares

नेपाल ।

 

देशमा संकटको अवस्था देखापरेका बेलामा प्रधानसेनापती प्रभुराम शर्माले अर्थपुर्ण अभिव्यक्ती दिएका छन् । नेपाल देशको रक्षाका लागी नेपाली सेना कटिबद्ध भएको भन्दै शर्माले कहिँ कतै बाट पनि देश माथी खत रा भएमा सेनाले जस्तो सुकै कदम चाल्न पनि तयार

 

रहेको बताएका छन् । सेना प्रति नागरिकको विश्वास गुम्न नदिने प्रतिवद्धता पनि प्रधानसेनापति शर्माले गरेका छन् । बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि

 

सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए । आवश्यक भएको समयमा सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे । महत्वपूर्ण गढीहरुको संरक्षण

 

नगरे इतिहासको धरोहरहरु लोप हुदै जाने उनको भनाई थियो । नेपाली सेनाले मकवानपुरको चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे । यो गढीको विकासको महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर

 

संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो शर्माले भने । नेपालको अन्य गढी किल्ला गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्वपूर्ण मानिएको छ । प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन

 

विदेशीहरुलाई लगाउन बनाइएको गढ किल्लाहरुको धेरै ऐतिहासिक महत्व छ । मल्ल राजा शाहवंश राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो । वैद्यरअवैद्य रुपमा नेपाल छिर्नेहरुको लागी भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको

भन्दा महत्वपूर्ण मानिन्थ्यो । देशको अहिलेको गृह मन्त्रालय

 

अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो । शर्माले भने । मकवानपुरको चिसापानी गढीको संरक्षण आधुनिक समयमा आधुनिक तरिकाले हुनुपर्नेमा शर्माले जोड दिए । पर्यटकीय क्षेत्रका रुपमा चिसापानी गढीलाई लिइने भएकाले यसको फाइदा सबैले लिन सक्ने उनको भनाई थियो ।

भर्खरै

सम्बन्धित समाचार

error: