केपी ओली ‘फादर अफ द नेशन’ हुन् : महेश बस्नेत

  • 51
    Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली ‘फादर अफ द नेशन’ भएको घोषणा गरेका छन् ।

आइतबार नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली राष्ट्र पिता रहेको घोषणा गरे ।

उनले भने, ‘०७४ ले हामीलाई सुपर भोट दियो । सुपर भोटले केपी ओलीजस्तो सुप्रिम लिडर जन्मायो । आज केपी ओलीलाई आम जनता र युवा वर्गले फादर अफ द नेसन भनेर उपमा दिइरहेका छन् । उहाँ सबैको अभिभावक बन्नुभएको छ । सबैको बुवा बन्नुभएको छ । कतिपय मानिसहरुलाई सुगर होला, हस्पिटल भर्ना होला तर, केपी ओली फादर अफ द नेसन भनेर प्रमाणित गरेको छ र गर्नेछ ।’

मुलुकको विकास र समृद्धिमा अध्यक्ष ओलीले खेलेको भूमिका ऐतिहासिक भएको उनले भनेका छन् । उनका अनुसार ओली दक्षिण अफ्रीकाका प्रथम राष्ट्रपति नेल्सन मण्डला नै रहेको पनि बताए ।

उनले भने, ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घोषणा गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: