तिहारको किनमेलमा जाँदा ट्रकको ठ’क्कर’बाट भाई गु’माएकि दिदीको पनि मृ’त्यु !

  • 2
    Shares

तिहारको सामान किन्न जाने क्रममा ट्रकले ठ’क्कर दिएर ग’म्भीर घा’इते दिदीको पनि ज्यान गएको छ। एकै स्कुटरमा सवार भाइलाई ट्रकले ठ’क्कर दिँदा घटनास्थलमै कात्तिक १८ गते भाइको ज्यान गएको थियो। दिदीभाइ सवार स्कुटरलाई मालबाहक ट्रकले ठ’क्कर दिएको थियो।

 

नेपालगञ्ज-सुर्खेत सडकखण्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ मा ठूलोब्यूरेनीमा बिहीबार मालबाहक ट्रकले स्कुटरलाई ठक्कर नेपाली सेनामा कार्यरत भाइ २६ वर्षीय रविन राना मगरको ज्यान गएको थियो। ट्रकले हा’न्दा स्कुटर हाँकिरहेका भेरीगंगा नगरपालिका–१२ छिन्चु निवासी २६ वर्षीय रविन राना मगरको मृ’त्यु भएको तीन दिनपछि दिदीको पनि मृ’त्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका नायव उपरीक्षक रामप्रसाद घर्तीले रानीको मृ’त्युको पुष्टि सोमबार गरेका छन्। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार घटनापछि रविनकी दिदी रानी राना मगरलाई ग’म्भीर घा’इते अवस्थामा कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो।

 

तर उनको पनि उक्त अस्पतालको आइसीयुमा ज्यान गएको हो। तिहारको सामान किन्न छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ स्कुटरलाई जुम्लाबाट नेपालगञ्ज गइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले कात्तिक १८ गते दिउँसो ठ’क्कर दिएको थियो।

 

नेपाली सेनामा कार्यरत रविनले चार वर्षदेखि तिहारमा दिदीको हातबाट टीका लगाउन पाएका थिएनन्। चार वर्षअघि नेपाली सेनामा लागेका उनी रूकुम पश्चिमस्थित सैनिक गणमा कार्यरत थिए। लक्ष्मी पूजाको दिन बिहीबार उनी तिहारको बिदा लिएर छिन्चुस्थित घर पुगेका थिए।

 

रविन पुगेपछ दिदीभाइ नै तिहारको सामान किन्न दिउँसो वीरेन्द्रनगर लागेका थिए। तिहारको सामान किन्न वीरेन्द्रनगर नगरपालिका-११ स्थित ठूलो व्युरेनीमा पुगेको अवस्थामा उनीहरुलाई ट्रकले हा’नेको थियो। रविनले यही दशैँमा बिहे गरेका थिए। परिवारका नातेदारको नि’धन भएकाले उनले श्रीमतीलाई घर भि’त्र्याउन पनि पाएका थिएनन्।

 

उनले नवविवाहिता दुलहीलाई छिन्चुमै राखेका थिए। अंग्रेजीमा मास्टर्स गरेकी दिदी २९ वर्षीया रानी भने छिन्चुस्थित एक निजी विद्यालयकी शिक्षिका हुन्।

 

घटनामा दिदी भाइ दुवैको ज्यान गएपछि स्थानीयबासी आ’न्दोलित भएका छन्। उनीहरुले सोमबार सुर्खेत-नेपालगञ्ज सडकमा अ’वरोध गरे भने बजार पनि ब’न्द गरेका छन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: