एमाले छाडेर जाने हरु चुनाव पछि गाऊ फर्केर बाख्रा चराऊने स्थितिमा पुग्नेछन: केपि ओली

  • 5.6K
    Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोडेर जाने तथा मन्त्री बन्नेहरुलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् ।

ऊनले भने आगामी निर्वाचनमा जिरो पुगेर कसैले नपत्याएपछि गाऊ फर्केर खेतिपाती गर्ने बाख्रा चराऊने स्थितिमा पुग्नेछन यिनिहरुले धेरै फुर्ति लगाए हुन्छ ।

सोमबार नेकपा एमाले मोरङले विराटनगरमा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने, मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’

यो पनि पढ्नुहोस ।

काठमाडौं । विश्लेषक अरुणकुमार सुवेदीले आफुले अमेरिकाबाट १० लाख खायो भन्नेबारे सामाजिक सञ्जालमा आएको डकुमेन्ट फेक भएको स्पष्ट पारेका छन् ।

 

हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । साथै, पिएचडी गरेका व्यक्तिले समेतले ‘फेक डकुमेन्ट’ लाई सेयर गरेको देख्दा आफुलाई दया लागेको उनको टिप्पणी थियो ।

 

भारतका रामचन्द्र गुहा, गौतम नवलखा र अरुणधती रोय जस्तै मानसिकता भएका उनीहरुका मानसपुत्रहरु नेपालमा रहेको बताउदै हरेक कुरामा प्रहार र विरोध गर्ने एउटा दुष्ट बौद्धिक जमातले यसको विरोध गरेको सुवेदीले आरोप लगाए ।

 

साथै, एमसीसीको सम्झौतामा स्पष्ट रुपमा नेपालको महालेखापरीक्षकले अडिट गर्न पाउने लेखिएको बताए । तर, यस्ता कुरामा सार्वजनिक रुपमा गलत ब्याख्या गर्नु भनेको अर्थ व्यवस्थाको विरुद्ध, विकास र राष्ट्रप्रतिको द्रोह भएको भन्दै भीम रावललाई पनि कारबाही गर्नपर्ने माग गरे ।

 

त्यसैगरी एमसीसीलाई नेपालको संसद्बाटै पारित गर्नपर्ने भन्ने कुरा नेपालकै कानुन मन्त्रालयले राखेको बताउदै यसबारे पनि विरोध गर्नुमा कुनै तुक नरहेको बताए । नेपालको मस्तिष्क नियन्त्रण एसिया फन्डेसनले गरिहेको बताउदै उनले नेपालका नेताहरुले विकासको विरोध गर्नुको कारण जनतालाई सधैं गरिबीमा राखेर सधैंभरि भोटको खेती गर्ने सोच बनाएको आरोप लगाए ।

भर्खरै

सम्बन्धित समाचार

error: