ओलि देखि असन्तुस्ट सबैलाई एकिकृत समाजवादीमा तान्दैछौ :माधवकुमार नेपाल

  • 81
    Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग व्यवस्थापकीय क्षमता छ ।

 

यही क्षमताले उनले विगतमा नेकपा एमालेको संगठनलाई देशभर मजबुत पारेका थिए । अहिले पनि एमालेको कार्यकर्ता देशको हरेक क्षेत्रमा बलियो पकड बनाएर बसेका छन् ।

 

कुशल व्यवस्थापक भएकैले माधव नेपालले नेकपा एमाले फुटाएर बनेको नेकपा एसलाई मजबुत बनाउँदै लगेका छन् ।

 

नेपालले देशभर नेकपा एसको संगठन विस्तार गर्दै लगेका छन् । जिल्ला कमिटीहरु बनाउँदै क्षेत्र र पालिका तहसम्म विस्तार गरिरहेका छन् ।

 

वडा तहसम्म नेकपा एसको संगठन निर्माण गरेर माधव नेपालले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने रणनीति बनाएका छन् ।

 

पूर्व देखि पश्चिमसम्म दौडधूपमा रहेका माधव नेपालले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टहरुको पहिचान गर्न निकटस्थहरुलाई लगाएको बुझिएको छ ।

 

असन्तुष्टहरुलाई चिन्दै र तान्दै गर्न थालेका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरी सुनसरीमा असन्तुष्ट भएको जानकारी पाउनेवित्तिकै नेपाल उनकै निवास पुगेका छन् । चौधरी पछिल्लो समय ओली पक्षसँग असन्तुष्ट छन् ।

 

देशका विभिन्न जिल्ला, पालिका र वडा तहसम्म ओलीसँग असन्तुष्टहरुको पहिचान गरी तान्ने अभियान नेपालले चलाएका छन् । उनले आफ्नो समूहबाट एमालेमै रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्त पनि पेलाईमा परेर अवसरविहिन हुनुपर्ने निष्कर्ष निकालेको बुझिएको छ ।

 

एमालेको महाधिवेशन सकिएलगत्तै असन्तुष्टहरु थपिने र उनीहरुलाई नेकपा एसमा तान्ने गरी नेपालले तयारी थालेका छन् । पार्टी संगठन बलियो बनाएर माओवादीसँग एकीकरण या चुनावी गठबन्धनसम्मको रणनीतिका साथ नेपाल अगाडि बढेका छन् ।

 

यसै पनि माधव नेपालले ओलीलाई एकपछि अर्को धक्का दिइसकेका छन् । ओलीको सत्ताबाट बर्हिगमनमा माधव नेपालकै शक्ति मुख्य बन्यो । उनले प्रदेश सरकारमा एमालेको नेतृत्व अन्त गराए ।

 

राष्ट्रिय सभाको चुनावमा पनि एमाले उम्मेदवारलाई हराउन सके । यसरी एकपछि अर्को धक्का दिदै बढेका माधव नेपालले अब भने आफ्नो शक्तिसञ्चय बढाएका छन् ।

भर्खरै

सम्बन्धित समाचार

error: