विप्लवकाे प्रश्नः ४७ रुपैयाँमा किनेकाे पेट्रोल १३६ मा बेचेर कुन प्रयोजनमा लगानी गरिन्छ ?

  • 137
    Shares

कार्तिक २७, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनताको जीवनसँग जोडिएका अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता भएकाे बताएका छन् ।

बिहीबार नेपाल बन्द आह्वानसहितकाे वक्तव्य जारी गर्दै विप्लवले मृल्यवृद्धि सरकारी लुट भएकाे बताएका छन् । कार्तिक १२ गतेदेखि १३३ रुपैयाँ मुल्य ताेकिएकाे पेट्राेलकाे आजदेखि १३६ तेकेपछि विप्लवले ‘४७ रुपैयाँमा किनेकाे पेट्रोल १३६ मा बेचेर कुन प्रयोजनमा लगानी गरिन्छ ?’ भनेर प्रश्न गरेका छन् ।

विप्लवले भनेका छन्, ‘बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’

सरकारले आजदेखि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरेकाे छ ।

सरकारले यसरी पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गर्दा अब यातायात लगायत आयात गरिने सबै सामानहरूको पनि मूल्यमा हुने विप्लवले बताएका छन् । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्ने उनले उल्लेख गरेका छन् ।

मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन जनसमुदायमा अपिल गर्दै उनले नेपाल बन्दसम्मकाे घाेषणा गरेका छन् ।

विप्लवले कार्तिक २५ गते दिउँसाे ३ बजे देशव्यापी विराेध प्रदर्शन, कार्तिक २६ गते साँझ मसाल जुलुस, कार्तिक २७ गते दिउँसाे १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दकाे घाेषणा गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: