हिन्दुधर्म अनुसार हरेक कामको आ -आफ्नै समय हुन्छ । जुन समय हाम्रो शास्त्रमै तोकिदिएको हुन्छ । रातमा कुच्चो लगाउदा लक्ष्मी रिसाउने र दरिद्रताको जन्म हुने धार्मिक विश्वास रहिआएको छ । यति लाउनै पर्ने अवस्था आयो भने घरबाट निस्केकको फोहोरलाई एउटा भाडोमा वा एक स्थानमा उठाएर राख्ने गर्नुपर्छ । बाहिर फ्याकेमा धनकी देवी लक्ष्मी रिसाउँछिन् ।
कुच्चो बिहानको सुर्यदय भएको समयमा लगाउनुपर्छ । किनकी शास्त्रमा बिहान सुर्यदयको समयमा सबै देव देवताहरु पृथ्वीको भ्रमणमा निस्केका हुन्छन् । यस्तो बेलामा आफ्नो घरआँगन सफा राखेमा देव देवताको बास हुने र लक्ष्मी माताले सधै साथ दिने बताइएको छ । यदि बिहान कतै जादा कसैले कुच्चो लगाएको देख्नु भयो भने यो शुभलाभको संकेत हो ।
बिहानको समय ४-३० देखि ५-३० सम्मको समयमा तपाईले घरमा कुच्चो लगादै गर्दा तपाईको घरमा गौमाता अर्थात गाई आइन् भने तपाईको घरमा लक्ष्मीको वर्षात हुन्छ । तर घरको झाडु , पोछा तथा कुच्चो बिहान सुर्यदयको समयमा नै लगाउनुपर्छ ।चुच्चो किन्दा कृष्ण पक्षको शनिबार पारे किन्दा घरमा आर्थिक संकट हट्ने, राम्रा कार्यको थालनी हुने गर्दछ । भाँचिएको कुच्चो, सानो भएको कुच्चोको प्रयोग गर्नु हुदैन र यस्तो कुच्चो घरमा राख्नु राम्रो मानिदैन ।
कुच्चे राख्दा कसैले नदेख्ने ठाँउमा राख्नुपर्छ । यदि तपाईले लुकाएर राखेको कुच्चो तपाईको सानो बच्चाले भेटि कुच्चो लगाएमा यसलाई शुभ मानिन्छ । कुच्चोलाई भान्सा कोठामा, भण्डार कोठामा तथा पैसा तथा धन राख्ने दराजसँग जोडेर राख्नुहुँदैन । यस्तो गरेमा लक्ष्मी माता रिसाउँछिन् । कुच्चो लक्ष्मी माताको प्रतिक हो ।
यसैगरी विष्णुको रुपमा तुलसीलाई पूजा गरिन्छ । यसको जति धार्मिक उपयोगिता छ, त्यत्ति नै औषधिको रुपमा पनि प्रयोग गरिन्छ । हरेक धार्मिक कार्यमा तुलसी चाहिने भएकाले यसलाई आफ्नै घरमा रोपिने गरिएको छ । दैनिक पूजा गर्ने परम्परा छ । हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको तुलसीलाई पछिल्लो समयमा वैज्ञानिकहरुले यसको प्रयोगले मानिसलाई फाइदा पुग्ने बताएका छन् । तुलसीले सवैभन्दा धेरै अक्सीजन फाल्ने हुनालेसमेत घरमा तुलसी हुनु फाइदाको लागि हुन्छ ।
हिन्दू धर्मकाअनुसार तुलसीले घरको अवस्थाबारेसमेत जानकारी दिने गर्छ । घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सबैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ । तुलसीको बोटमा आएको परिवर्तनले तपाईंको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ । पुराणहरुमा तुलसीको निकै महत्व रहेको जनाइएको छ ।
पुरुण तथा शास्त्रका अनुसार जुन घरमा समस्या उत्पन्न हुनेवाला छ त्यस घरमा सवैभन्दा पहिला लक्ष्मी अर्थात तुलसी ओइलाउने छ, वा उग्लनेछ । त्यस्तै तुलसीमा कालो दागाहरु देखा पर्दासमेत पारिवारिक संकट आउने संकत हुने जनाइन्छ । दरिद्रता, अशान्तिर तथा क्लेशका बीच लक्ष्मीको वास हुन्छ । ज्यातिषी अनुसार यसको कारण
बुधको प्रभाव हरियो रंगमा हुन्छ र बुधलाई रुख विरुवाको कारक ग्रह मानिएको छ । बुध यस्तो ग्रह हो जसमाथि अन्य ग्रहको नराम्रो प्रभाव पर्दछ । यदी कुनै ग्रहले अशुभ फल दिन्छ भने त्यसको अशुभ प्रभाव बुधको कारक वस्तुहरुमा पर्ने छ । यदी कुनै ग्रहले शुभ फल दिन्छ भने त्यसको शुभ प्रभाव हरिया रुख विरुवा बढ्दै जान्छन् भने बुधको प्रभावमा फल फूलमा पात तथा फल लाग्न जान्छ