एकीकृत समाजवादी पार्टीले चुनावमा एक सिट जितेर देखाउस् म राजनीतिक बाट बाहिर जान्छु: योगेश भट्टराई

  • 148
    Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन् ।बिहीबार मकवानपुरको मनहरी गाउँपालिका कमिटीको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आगामी निर्वाचनमा एक्लै चुनाव लडे माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने बताएका हुन् ।

‘एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि जित्दैन,’ भट्टराईले भने ।
माधव नेपाललाई पार्टी विभाजनमा नलाग्न सुझाएको भन्दै उनले पार्टी फुटाएर अ पराध गरेको बताए ।उनले एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको बताए । मुलुकमा एउटा मात्र कम्युनिष्ट शक्ति रहेको र त्यो एमाले मात्रै भएको उनको दाबी छ ।

एमालेलाई कुनै पनि दलले चुनौती दिन नसक्ने भन्दै उनले माओवादी र एकीकृत समाजवादीको जग नभएकाले ढल्ने निश्चित भएको बताए ।भट्टराईले माओवादी केन्द्रको पनि हालत पनि एकीकृत समाजवादीको जस्तै भएको बताए । ‘माओवादी केन्द्रको पनि अवस्था नाजुक नै छ ।माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससँग सिट माग्दै हिँडिरहेका छन् । नेपाल पनि कांग्रेससँग मिलेर चुनाव लड्छौं भनिरहेका छन् ।

कांग्रेस कसैसँग पनि तालमेल नगर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘कांग्रेसले कति जनालाई सिट बाँड्दै हिँडोस् रु माओवादी र समाजवादीसँग जग छैन भन्ने कुरा कांग्रेसलाई थाहा छ ।’

सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छः अर्थमन्त्री शर्मा
काठमाडौँ, २ मङ्सिर (रासस) :अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गर्नुभयो । “अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्”, उहाँले भन्नुभयो, “सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।”

उहाँले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने बताउनुभयो । राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको उहाँको भनाइ छ । कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको जनाउँदै अर्थमन्त्री शर्माले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरीकनै कानून पास गरिदिँदा पनि अहिले समस्या निम्तिएको उल्लेख गर्दै सुक्ष्म अध्ययन गरेर कानुन निर्माण गर्नुपर्छ भन्नुभयो ।

बैठक मुख्यसचिव शङ्करदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागितामा भएको थियो । बैठकमा वर्तमान खरिद कानुन, पूँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासनलगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ

भर्खरै

सम्बन्धित समाचार

error: