लक्ष्य भनेको यस्तो हुनुपर्छ : Sagar Bhattarai

  • 74
    Shares

 

 

काठमाडौ मंसिर 3

लेखक: Sagar Bhattarai

Balaju 16 Kathmandu

यो बिशाल संसारमा बिबिध प्राणीलाई पछाडी पारेर सारा ब्रह्माण्डमाथी हुकुम चलाएर मानिस पृथ्वीमा आफ्नो जिबन बिताउदै आएको छ । पृथ्वीको समयले करोडौं बर्षको फड्को मारिसकेको छ । मानिसको संख्याले ७ अर्ब पनि नाघिसकेको छ । मानिसको संख्यासङै संसारमा समस्यामा कुनै कमि छैन । जिबनमा एउटा लक्ष्य बोकि संघर्ष गरेर सार्थकताको शिखर चुम्ने सायद पुरा संसारमा कम नै थिए, कम नै छन र कम नै हुनेछन् । त्यसैले ती अल्पसंख्यक निडरको नाम इतिहासका पानामा सुरक्षित छन ।

 

म पनि ती अल्पसंख्यकको समुहमा गनिन चाहान्छु । ” उदेश्य के लिनु ? उडि छुनु चन्द एक ।” महाकबी लक्ष्मीप्रसाद देबकोटाद्वारा रचित माथिको पङ्क्तिले सधै मेरो मस्तिष्कमा गएर लडिबुडी खेल्छ र मलाई कल्पनामा डुब्न बाध्य बनाउछ । भित्रभित्रै मेरो मस्तिष्कले के भन्छ भने मेरो जिबनको एक मात्र लक्ष्य नेपाली र सारा संसारको सोचमा परिबर्तन ल्याउनु र नेपालीको दुखको नामोनिसान मेटाउनु हो । मैले संसारको ७ अर्बको नेतृत्व गर्न चाहान्छु । नेपालको भस्टचार र शिक्षा प्रणालीलाई जरै देखी उखुलेर नयाँ शिक्षाको बीउ रोप्न चाहान्छु । हो म पनि अलबट आईन्स्टाईन, महात्मा गान्धी, पृथ्वीनारायण शाह, थोमस एडिसन, शेक्स्पियर, स्टिभ जब्स, नेल्सन मन्डेला जस्तै बन्न चाहान्छु ।

 

जब मेरा आखाले मलाई संसार र आफ्नो रास्ट्र नेपालको दयनीय चित्र कोरेर सुम्पन्छ, तब मेरो मस्तिष्कमा फेरि नवीन तरंगहरु चल्छन् । अनि त्यसपछि म आफ्नो लक्ष्यलाई फेरि एकपल्ट कल्पना गर्दै स्मरण गर्छु ।

 

नेपालको शैक्षिक अबस्था/प्रक्रिया एकदमै त्रुटिपूर्ण छ् । यहाँको परिक्षा लिने तरिका झन बढी गलत छ । यहाँ विभिन्न बिषयहरुको परिक्षामा प्रश्नपत्रको सबैभन्दा माथि लेखिएको हुन्छ कि ” बिद्यार्थीहरुलाई घोकेको वा कण्ठ गरेको भन्दा आफ्नै मौलिक उत्तर दिएमा प्राथमिकता दिईनेछ ।” मेरो प्रश्न यो छ कि – के एउटा बिद्यार्थीले तीन घन्टाको छोटो अबधिमा आफ्नो पुरै क्षमता प्रयोग गरि नौलो जबाफ उत्तरपुस्तिकामा लेख्न सक्छ त ?? मेरो बिचारमा त सक्दैन जस्तो लाग्छ । त्यसपछि आउछ यहाँ किताबी किरोको प्रसङ्ग । त्यसै कारणले नै बिद्यार्थीहरु घोकन्ते बिद्यातिर चुम्बकजस्तै आकर्षित हुँदै छन ।

 

त्यसैमा पनि घोकेर जादाजाँदै परिक्षामा आफुले घरमा अभ्यास गरेजति लेख्न सक्दैनन हाम्रा बिद्यार्थीहरु । अनि कहाँबाट देशमा सक्षम जनशक्तिको जन्म हुन्छ ? मलाई भबिस्यमा गएर यस्तो सोचमा परिवर्तन ल्याउने ईच्छा छ । मैले मेरो रास्ट्रको शैक्षिक अबस्थामा सुधार ल्याउन नयाँ किसिमको ब्यबहारिक शिक्षा बिद्यार्थीहरुलाई प्रदान गर्नेछु ।

 

प्राय हामी नेपालिहरुको एकमात्र लक्ष्य त काठमाडौमा पाँच रोपनी जग्गा किन्ने, त्यसमा तिन तले अग्लो घर ठडाउने । एउटा सानो कार किन्ने, घरमा हिटर, एसि, स्माट टिभी, वासिङ मेसिन जस्ता आदि कुराहरुले भर्ने अनि बाकी जिबन आनन्दले बिताउने लक्ष्य हुन्छ । यस्तै सोचका कारणले गर्दा देशको बिकास हुन सकेको छैन । खाली म र मेरो मात्र भन्ने सोचले गर्दा बिकासको गति शुन्य छ । यस्तो कमसल सोचलाई म बिस्थापित गरि नेपालिलाई देश भक्तीको पाठ पढाउने छु । उनीहरुलाई आफ्नो कर्तव्य दर्साएर रास्ट्रनिर्माणमा एकजुट गराउने छु ।

 

हामी सबै महिलाहरुलाई अर्कै नजरले हेर्छौ महिला बर्गलाई हामी कमजोर ठान्छौ । महिलाको भौतिक शरिरमाथि राज गर्न खोज्ने हामी पुरुषको सोच तल्लो स्तरको छ । समाजले महिलाको महत्त्व तथा समानताको बारेमा बुझ्न सकेको छैन । यस्तो सोचलाई म रुपान्तरण गर्नेछु । नारिको समानताको अधिकारको चर्चा गरि म महिलाप्रति हुने अमानवीय व्यबहारको खण्डन गरि नारीप्रतीको दृष्टिकोणलाई संशोधन गर्नेछु ।

 

म पछि गएर सारा संसारको दुख हरण गर्नेछु । नेपालमा एउटा दरिद्र किसानदेखि लिएर राजनैतिक क्षेत्रको उच्च पदाधिकारीलाई समेत समस्या र दुखको भार बोक्नु परेको छ । दिनभरी खेतिबारिमा पसिनाको खोलो बगाई बेलुका एक छाक टार्न गार्‍हो पर्ने त्यस किसानको घरको चुलो बल्नुको कारण म बन्ने छु । अस्पतालमा रोहिरहेका, दर्दले छट्पटाईरहेका, रोगको उन्मुलन होस भनी ईस्वरको स्मरणमा आशुको खोला बगाईरहेका ती बाहिरी र भित्री चोटमा म मलम लगाउनेछु । ईमान्दार, आज्ञाकारी र बफादार भएर पनि गरेको कामको जसनपाएका दुखी कामदारको प्रशंसा गरि उसलाई उत्प्रेरित गर्नेछु । मेरो उदेश्य राजनीतिलाई फोहरी खेल मान्ने वा मान्न बाध्य बनाई शोझासाझा जनतालाई शोषण गरि राज्यको अर्थमा शासन गर्नेहरुलाई लात हानी देशभक्तिको पाठ पढाउने छु ।

 

छोरी भनेर उपेक्षा गर्ने ती बुबाआमालाई मानबता र समानताको महत्त्व दर्साइ मानसिक रुपमा थप्पड हान्नेछु । आफ्नै आमाबुबा लाई बुढाबुढी भनी बृद्धआश्रममा फ्याक्ने ती स्वार्थी छोराछोरीलाई मानबताको पाठ सिकाएर आमाबुवाको बुढेसकालको लटठी बन्ने छु । आफ्नै छोराछोरी बाट अपहेलित बनेकी आमाको साहारा म बन्नेछु । झैझगडा र दन्दबाट वाक्कदिक्क भएका आम जनताका लागि शान्तिको दिप बनी सधै बल्ने छु । नवीन कला, अदभूत क्षमता, दक्षता एबम दृढ़ बिचार भएता पनि बेरोजगारीको मारमा परेकालाई रोजगारीको मौका प्रदान गर्ने लक्ष्य छ मेरो ।

 

भएको जग्गाजमिन बेचेर अलिकति धन आर्जन हुने आशमा खोलेको एउटा पसलमा हप्ता दिन बित्दा पनि एउटा ग्राहक पनि नआएको हुँदा दुखी बनेका ती पसलेलाई म हिम्मत दिन चाहान्छु । पढ्ने रहर हुदाहुदै पनि आर्थिक कमजोरीका कारण बिधालय जान नसकेका ती बालबालिकाहरुलाई आफुले कमाएको पैसाले शिक्षाका सामाग्री किनि बिधालयमा भर्ना गर्नेछु । रास्ट्रको प्रगति असम्भव ठानेका रास्ट्रभक्तहरुलाई आशाको किरण देखाउन चाहान्छु ।

 

अत: मेरो जिबनको लक्ष्य भनेको अन्धाको लागि आँखा ,बेरोजगारको लागि रोजगार, धनिका लागि मानबता, गरिबको लागि सुख,टुहुराको लागि माया,परिश्रमीको लागि सफलता, अल्छीको लागि सहि मार्ग , शोकाकुल ब्यक्तिको लागि सान्तना, हेपिएका बर्गका लागि समान अधिकार प्राप्तिको स्रोत, दुखिको लागि सुख

भर्खरै

सम्बन्धित समाचार

error: