टोपबहादुर रायमाझी : MCC पास नहुँदा दैनिक एक अर्ब घाटा भएको छ। अव जसरी भए पनि MCC पास गर्नुपर्छ।

ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारेको निर्णय गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएका छन । ‘देशलाई हितमा राखेर, केही बुँदा सच्चाउनुपर्ने भए सच्चाऔं, होइन भने फिर्ता गरौं’ उनले भने ।

लागु गर्ने कि नगर्ने भन्ने बिषय लम्बाइराख्नु उचित नहुने भन्दै उनले तत्कालै टुंगाउनुपर्ने बताए । ‘एमसीसी ११ बर्षअघिदेखिको योजना हो, बिचमा बनेको सबै सरकारले राइट लगाउदै आएका थिए, अहिले विवादित बनाइएको हो, मैले लिएर आएको त होइन ।’ उनको कथन थियो ।

‘विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुदा त्यसलाई बेच्न पाइँदैन, दैनिक एक अर्ब बराबरको घाटा हुन्छ ।’ लोडसेडिङ अन्त गर्न आफू २०७२ सालमा उर्जामन्त्री हुँदाको ९९ बुदे अभियानले काम गरेको भन्दै उनले भने, ‘लोडसेडिङ अन्त्य हुनुको कारण मेरो योजना हो, तर प्रचार अर्कै भयो ।’

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशद्वारा शुक्रबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा अब करिब ५ सय मेघावाट विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारेको निर्णय लिइहाल्नुपर्ने धारणा राखे ।

अहिलेसम्मका उपलब्धि संस्थागत गर्न आफू सरकारमा गएको भन्दै उनले अहिले सरकार, मन्त्रालय बचाउन आफूहरु लागिपरेको बताए । पार्टीको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए ।

रायमाझीले नेकपाको आपसी लडाइपछि प्रधानमन्त्रीले सिष्टम बचाउन संसद बिघटन गर्नुपरेको र यो बाध्यात्मक परिस्थितिको कारण भएको उनको तर्क रहेको छ । उनले भने, ‘यो संविधानसम्मत छ, संसद बिघटन अग्रगामी कदम हो, अब संसद पुर्नस्थापना हुन्न, देश चुनावमा गइसक्यो ।’

नेकपा फेरि एक हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘अहिले नेताहरुले एकले अर्काेलाई पांडे गाली गर्दे हिडेका छन्, त्यो आवश्यक छैन, भोली एकै ठाउँ हुन पनि सकिन्छ, यो राजनीति हो राजनीतिमा असम्भव त केही हुन्न नि ।’ श्रोत: खबर प्रवाह बाट साभार

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: