कोरियन प्रविधिको नेपालमा प्रयोग : सस्तोमा टिकाउ र अत्याधुनिक घर

  • 26
    Shares

अधिकांशको सपना हुन्छ, कम खर्चमा राम्रो घर बनाउने । यतिबेला नेपालमा विभिन्न कम्पनीहरुले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सस्तो र टिकाउ भूकम्पप्रतिरोधी घर बनाइरहेका छन् । त्यसमध्ये कोरियन प्रविधिको घर पछिल्लो समय चर्चामा रहेको छ । साउथ कोरियन कम्पनी एसवाई प्यानल नेपालले नेपालमा कोरियन प्रविधिमा आधारित घरहरु बनाइरहेको छ । मुख्य कार्यालय चितवनमा रहेको कम्पनीका पूर्वदेखि पश्चिमसम्म ५५ वटा डिलर कम्पनीहरु रहेका छन् ।

कम्पनीले घरका लागि चाहिने झ्याल, ढोका, छानाहरु उत्पादन गर्छ । कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर ई. विमलराज गोसाईंका अनुसार कोरियन प्रविधिबाटै भूकम्प प्रतिरोधी, सस्तो मूल्य र टिकाउ घरहरु निर्माण गरिरहेको छ, एसवाई प्यानल नेपालले । यस प्रविधिबाट घर बनाउँदा कम्पनी आफैले उत्पादन गरेको प्यानल, छाना, झ्याल, ढोकालगायत सामानहरु प्रयोग गर्छ ।संरचनाको लागि फलाम भने ग्राहकले आफ्नो इच्छाअनुसारको प्रयोग गर्छन् । कोठा, किचेन स्ल्यावलगायत आन्तरिक डिजाइन पनि ग्राहकहरुले आफ्नो चाहनाअनुसार आफैले थप्न सक्छन् । ग्राहकको रोजाइअनुसार कम्पनीले दुवैखाले विकल्पहरु राखिदिएको हुन्छ ।

 

१५ लाखमा घर

एसवाई प्यानल अन्तर्गतका करिब ५३ वटा हाउजिङ तथा कन्स्ट्रक्सन कम्पनीले न्युनतम १५ लाखदेखि ३० लाख रुपैयाँसम्ममा भूकम्प प्रतिरोधी घर बनाइरहेका छन्घर बनाउँदा प्रति स्वायर फिट २ हजारदेखि २५ सयसम्म लागत पर्छ । यो प्रविधिबाट ३ देखि ५ कोठे घर बनाउँदा २० देखि २५ लाख मूल्य पर्छ । दुईदेखि तीन तलासम्मको घर बनाउँदा पनि यसको लागत उस्तै रहने गोसाईंले इन्जिनियर्स पोस्टलाई बताए ।

‘घर बनाउँदा स्क्वायर फिटअनुसारको खर्च लाग्छ । ढलान गर्नु नपर्ने भएकाले जति तला थपे पनि स्क्वायर फिटअनुसार लगभग उस्तै कस्ट पर्न आउँछ’ उनले भने, ‘सामान्य घर मात्र बनाउने हो भने थोरै पैसा लाग्छ । अलि महंगो घर बनाउँदा भने हामीले आन्तरिक डिजाइनदेखि घरको चाबीसम्म आफैले बनाइदिन्छौ । यसो गर्दा ३० लाखसम्म पर्न आउँछ ।’

घरको तला थप्दा घरको संरचनाअनुसार फलामको स्क्वायर पाइप प्रयोग हुन्छ । जसमा ३ देखि ४ इन्चसम्मको स्क्वायर पाइप प्रयोग गरिन्छ । सोही अनुसार खर्च बढी र कम हुन्छ ।

यस प्रविधिमार्फत घर बनाउँदा परम्परागत शैलीमा प्रयोग गरिने सिमेन्ट, रड र इँटाको तुलनामा करिब ६० प्रतिशत सस्तो हुन्छ । एसवाई प्यानल उत्पादनले निर्माण भएका घरहरु ६० वर्षभन्दा बढी टिकाउ हुने कम्पनीले जनाएको छ ।

 

एसवाई प्यानलद्धारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी ग्राहकको चाहनाअनुसार दुईदेखि पाँच महिनाभित्रमा घर निर्माण सम्पन्न हुनेसमेत म्यानेजर विमलराजले बताए । ‘हामीले विगत ३ वर्षदेखि एसवाईबाट उत्पादन भएको फेब्रिकेटेड प्रयोग गरेर घर बनाइरहेका छौँ’ उनले भने ‘ग्राहकको मागअनुसार इन्टेरियर डिजाइन राखेर फर्निसिङ गर्दा भने अलिक समय लाग्छ । होइन भने ३ महिना भित्रमा घर बनिसक्छ ।’

 

सामान पुनः प्रयोग, तापक्रम सन्तुलन

पछिल्लो समय यस्तो खाले घर निर्माणमा मानिसहरुको आकर्षण निकै बढिरहेको म्यानेजर विमलराजले बताए । ‘फेब्रिकेटल फोल्डिङ हुने भएकाले बसाइ सरेर जाँदा पनि करिब ८० प्रतिशत सामानहरु पुनः प्रयोग गर्न सकिन्छ’ उनले भने, ‘साथै सस्तो, छिटो, भूकम्पप्रतिरोधी, लामोसमयसम्म टिक्ने भएकाले पनि यो प्रविधिबाट घर बनाउन चाहनेहरुको संख्या बढिरहेको छ ।’

 

यसले तापक्रमलाई सन्तुलनमा राख्ने पनि उनले बताए । कम्पनीले उत्पादन गरेको वाल र छानाले घरको तापक्रमलाई सन्तुलनमा राख्छ । कलर कोट गरिएको स्टिल दुइतिर र बीचमा पोलिटाइरोन इन्सुलन गरिने भएकाले यसले घरको तापक्रमलाई सन्तुलनमा राख्ने गर्छ ।

यसले १० डिग्रीसम्म घरको तापक्रम रोक्न र सोहीअनुसारको तापक्रमलाई सन्तुलनमा राख्ने हुँदा जाडोमा गर्मी र गर्मीमा चिसो बनाउन मद्दत गर्छ ।

 

डिजाइन

घर बनाउनका लागि ग्राहकको मागअनुसार जग्गा नापेर घरको डिजाइन अगाडि बढाइन्छ । यस प्रविधिबाट बन्ने घरहरु भूकम्पप्रतिरोधी तथा लामो समयसम्म टिक्ने भएकाले घरको डिजाइन पनि सोहीअनुरुप बनाइने सिभिल इन्जिनियर शशी शाहले बताए ।

 

‘यस्तोखाले प्रविधिमा आधारित घरहरु प्री फ्याव अर्थात् मेटल स्ट्रक्चरमा बनाइन्छ’ इन्जिनियसृ पोस्टसँग उनले भने, ‘स्यान्डवीज प्यानल, इपीएस आकारमा घरको डिजाइन बनाइने भएपछि घरमा प्लास्टर, कलरलगायत कुराहरु गर्नु पर्दैन । सबै कुराहरु रेडिमेट नै आउने भएकाले फेब्रिकेट गरेर घरलाई आकर्षक बनायसको वाल प्यानल २ देखि ६ इन्चसम्मको हुन्छ । प्यानलको तौल पर स्क्वायर ६० केजी हुन्छ । प्यानलाई बाहिरबाट फिट गरिन्छ । बारिरबाट राखेको प्यानलाई फलामको पाइपमा स्क्रू गरेर घर बनाइन्छ ।एमात्र हुन्छ ।’ ।

 

 

भर्खरै

सम्बन्धित समाचार

error: