हामी केही महिना जुलुस लिएर लाखौंको संख्यामा सडक निक्लिदिन बित्तिकै राष्ट्रपति शाशन सजिलै हुन्छ, त्यहा युद्ध लड्न पर्दैनः प्रचण्ड

  • 115
    Shares

हामी केही महिना जुलुस लिएर लाखौंको संख्यामा सडक निक्लिदिन बित्तिकै राष्ट्रपति शाशन सजिलै हुन्छ, त्यहा युद्ध लड्न पर्दैनः प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाउन माओवादी तयार रहेको जनतामा सन्देश पुर्‍याउनुपर्ने बताएका छन्। चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको वाहक माओवादी भएको बताएका हुन्।

 

उनले भने,‘अहिले पनि प्रतिक्रान्तिको सपना देख्छन् भने हामी फेरि विद्रोहको झण्डा उठाउन तयार छौं भनेर जनतामाझ भन्नुपर्‍यो।’ प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको जनतामा सन्देश फैलाउन कार्यकर्तालाई निर्देशन दिए।

 

प्रचण्डले आफ्नै आत्मसमीक्षाबाट सुरु गर्‍यो भने पार्टीलाई फेरि जाति विशेष, विचार विशेष पार्टी बनाउन सकिने दाबी गरे। उनले भने, ‘हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु हामीले भन्न सक्नुपर्छ।’

 

उनले प्रतिगमनकारीलाई परास्त गरेपछि फेरि जनतामा आशा र भरोसा पैदा हुन थालेको बताए। उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए। उनले भने,‘ तीनै तहको एकैचोटी गर्ने प्रस्ताव मैले गरेको छु। नभए संघको पहिले, वा संघ र प्रदेश सँगसँगै र स्थानीय तह त्यसपछि गर्ने भन्ने प्रस्ताव पनि गरेको छु। निर्वाचन आयोगसँगको सल्लाहपछि केहि दिनमा नै टुंगो लाग्छ।’

 

उनले अहिले खर्चिलो निर्वाचन प्रणाली भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताए। उनले यो विषय उठाएर जनता आन्दोलनमा उत्रिए सफल हुने सफल दाबी गरे।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: