म अध्यक्षमा निर्वाचित भएँ भने पार्टीलाई एक नम्बर बनाउँछुः भीम रावल

  • 368
    Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले जित्नको लागि पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको बताएका छन् ।

 

उम्मेद्धवारी घोषणा गरेकै दिन हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले भने,‘म कसरी केपी ओलीको विरोधी नेता हुँ रु म प्रतिष्पर्धी हुँ । उहाँ प्रधानमन्त्री हुँदा, म उपप्रधानमन्त्री थिएँ । उहाँ अध्यक्ष हुँदा, म उपाध्यक्ष छु ।’ उनले आफू र ओलीबीचको सम्बन्ध नचिसिएको पनि दाबी गरे ।

 

उनले आफूले उम्मेद्धवारी दिँदैमा कोही रिसाउनुपर्ने कारण नै नरहेको जिकिर गरे । उनले भने,‘एमालेले प्रतिष्पर्धाको राजनीति गर्छ । मैले जनताको बहुदलीय जनताको जनवादको झण्डा उठाएको छु । मैले जबजको झण्डा उठायो भनेर धेरैले धन्यवाद दिनुहुन्छ।’

 

उनले आफू पार्टीको अध्यक्षमा निर्वाचित भए आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने र सरकारको नेतृत्वमा पुर्याउने पनि दाबी गरे । उनले भने,‘म अध्यक्षमा निर्वाचित भएँ भने पार्टीलाई एक नम्बर बनाउँछु, सरकारमा पुर्याउँछु ।

 

निर्वाचनपछि एमालेलाई एक नम्बरको पार्टी बनाउँछु, मसँग आधार छ । छ भनेर त अध्यक्षमा उम्मेद्धवारी दिएको हुँ । म सरकारमा पुर्याउँछु । मसँग त्यसको कार्यसूचि छ ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: