बल्ल थाहाँ भयो राष्टबादी नेता त प्रचण्ड नै रहेछन : डा. सुरेन्द्र केसी

  • 33
    Shares

प्रकाशित मिति २०७८ मङ्सिर ६ गते

सोमबार काठमाडौ ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।

‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भइसक्यो ।

निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो’, केसीले भने, ‘हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनै हालतमा पुरा गर्छन् भन्ने विश्वास थिएन, अहिले त्यही भयो ।’

सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उनले आरोप लगाएका छन् । ‘खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन ।

मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन ।

सिण्डिकेट हटाउँछौं भन्नुभयो’, आइतवार रिपोर्टर्स क्लब केसीले भने, ‘तर, एकाधिकार अहिले पनि कायमै छ ।

सुन का,ण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीको पाता कस्छु भन्नुभयो, तर, कारबाही केही भएन ।

प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने कि सिंघम भनेपछि उहाँ चुप लाग्नुभयो ।’

पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए ।

‘अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् ।

झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको आलोचना गरिरहेका छन्’, केसीले अगाडि थपे, ‘माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’

ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भीर आरोप छ ।

‘ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो रु मैले बुझन सकेको छैन् ।

नाकाबन्दीका बेला उहाँले राष्ट्रिय अडान लिनुभयो ।

हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो’, केसीले भने, ‘मैले त झनै सफल नेता र विकासको ‘एसेट’ का रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिबेला प्रश्न खडा भयो ।’

फरक प्रसंगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको बताए ।

‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन’, केसीले भने, ‘उनकै छोरी र बुहारीको लागि त्यो ‘डाइनामिज्म’ लागू भयो ।’

यो समाचार केही समय पहिले प्रकाशित भएको हो ।

भर्खरै

सम्बन्धित समाचार

error: