बामदेब गौतम पनि भिम रावलको टिममा ओलिलाई हराएर माधव नेपाल संग पार्टि एकता गर्ने रणनीति ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै दशौँ महाधिवेशनमार्फत सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको चाहाना पूरा नहुने भएको छ ।

 

सँगसँगै अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका अर्का नेता घनश्याम भुसाल चाहिँ रावलको उम्मेदवारीपछि अलमलमा परेका छन् ।

 

अध्यक्ष ओली अध्यक्षसहितका १५ पदाधिकारी सहमतिकै आधारमा चयन गर्ने पक्षमा रहेका थिए । त्यसका लागि ओलीले आफ्ना प्रत्येक भाषणमा सहमति पनि लोकतन्त्रको उच्चतम विधि भएकाले त्यसैबाट अघि बढ्नुपर्ने बताउँदै आएका थिए ।

 

तर, ओलीको उक्त चाहानाविपरीत उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि एमालेको महाधिवेशनले फरक मोड लिने भएको छ ।

 

मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औँ महाधिवेशनमा रावलले सबैभन्दा अगाडि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

महाधिवेशन उद्घाटन हुनु ५ दिनअघि रावलले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि एमाले वृत्तमा तरङ्ग पैदा हुन पुगेको छ । यद्यपि एमालेमा ओलीको तुलनामा रावलका मतदाता न्यून रहेका छन् ।

 

साथै यहि १० औं एमाले अधिबेशनबाट केपी ओललीलाई निर्वाचनमा हराएर माधव नेपालको एकिकृत समाजवादी पार्टीसँग एकता गर्ने तयारी पनि भएको छ ।

 

यसपाली टिम बनाएर निर्वाचनमा जाने कानुनी अडचन भएको कारण आन्तरीक छलफल र बहस भेट मार्फत र फोन मार्फत गरिएको र टिम नै बनाएर भित्री रुपमा कामगरेको बताएकाछन्

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: