माधव नेपालको पार्टि ले आगामी निर्वाचनमा एकसिट पनि जित्दैन हेर्दैजानुहोस : योगेश भट्टराई

  • 1
    Share

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन् ।

 

बिहीबार मकवानपुरको मनहरी गाउँपालिका कमिटीको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आगामी निर्वाचनमा एक्लै चुनाव लडे माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने बताएका हुन् ।

 

‘एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि जित्दैन,’ भट्टराईले भने ।

 

माधव नेपाललाई पार्टी विभाजनमा नलाग्न सुझाएको भन्दै उनले पार्टी फुटाएर अपराध गरेको बताए ।

 

उनले एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको बताए । मुलुकमा एउटा मात्र कम्युनिष्ट शक्ति रहेको र त्यो एमाले मात्रै भएको उनको दाबी छ ।

 

एमालेलाई कुनै पनि दलले चुनौती दिन नसक्ने भन्दै उनले माओवादी र एकीकृत समाजवादीको जग नभएकाले ढल्ने निश्चित भएको बताए ।

 

भट्टराईले माओवादी केन्द्रको पनि हालत पनि एकीकृत समाजवादीको जस्तै भएको बताए । ‘माओवादी केन्द्रको पनि अवस्था नाजुक नै छ ।

 

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससँग सिट माग्दै हिँडिरहेका छन् । नेपाल पनि कांग्रेससँग मिलेर चुनाव लड्छौं भनिरहेका छन् ।

 

कांग्रेस कसैसँग पनि तालमेल नगर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘कांग्रेसले कति जनालाई सिट बाँड्दै हिँडोस् रु माओवादी

भर्खरै

सम्बन्धित समाचार

error: