म प्रधानमन्त्री छैन तर यो सरकारको चाबि मेरो हातमा छ : प्रचण्ड

  • 29
    Shares

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाल प्रधानमन्त्री पदमा नरहेपनि प्रधानमन्त्रीभन्दा कम नरहेको दाबी गरेका छन्। बुधबार धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

 

उनले भने, ‘हुन त म अहिले प्रधानमन्त्री पदमा छैन तर, प्रधानमन्त्री भन्दा कम छैन। ’ उनले यो सरकार बलियो रहेको भन्दै विगतको जस्तो जनतालाई ठग्ने सरकार नभएको बताए। प्रचण्डले माओवादी केन्द्र बलियो भने यो राष्ट्र बलियो हुने बताए।

 

‘सबै जिल्ला माओवादीमय छ। माओवादीलाई भ्रम खोज्ने कोसिस गरियो। लोकतन्त्रविरोधी तत्वलाई परास्त गर्न माओवादीले सबैभन्दा धेरै लडेको हो। हामी जनताको साथमा छौं। गुटबन्दी र अराजकता होइन विकास निर्माणमा लाग्नुस्।’ उनले भने, ‘मैले नै दुई पटक प्रधानमन्त्री बनाए केपी ओलीलाई। तर, उनी नायक रहेनन् खलनायक भए। ’

भर्खरै

सम्बन्धित समाचार

error: