प्रचण्डलाइ बिप्लपको आग्रह- ‘हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं’

  • 10
    Shares

म्याग्दी — नेत्रविक्रम चन्दले माओवादी केन्द्र र पुष्पकमल दाहालसँग पार्टी एकता हुन लागेको कुरा आत्मरतीमा रमाउन खोज्नेहरूले चलाएको हल्ला मात्रै भएको बताएका छन् । बरू उनले दाहाललाई नै आफ्नो पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन् ।

‘पार्टी एकता भनेको नेताहरूको टाउको जोडिने मात्र होइन, जनताको सपना, चाहना र मनको मिलन हुनु हो । कसैको पार्टी ठूलो बनाउन, सरकारमा पुर्‍याउन, सरकार बनाउन र सुखभोग गराउन पार्टी एकता सम्भव छैन’ मगर मुक्तिमोर्चाको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न बुधबार बेनी आएका चन्दले भने, ‘हामी पार्टी एकताको पक्षमा छौं । प्रचण्डजी तपाइँ जनयुद्धको कमाण्डर हुनुभो, अध्यक्ष हुनुभो, प्रधानमन्त्री बन्नुभो, सबै भोग्नुभो कतै सफल बन्नु भएन । अब हाम्रो पार्टीमा आउनुस् मिलेर काम गरौं,’ नेता चन्दले भने ।

 

यस्तै संसदीय दलहरू जनताको मतमा विश्वास नभएका कारण समानुपातिक प्रणालीको बाटोमा लागेर पैसा असुल्ने धन्धामा लागेको उनको आरोप थियो । उनले यसअघि पनि वर्तमान व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गर्दैआएका छन् ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: