इलेक्ट्रिक बाइक र स्कुटर चढ्दा १५ गुणा सस्तो पर्ने, प्रयोगकर्ता पनि बढ्दै

  • 5
    Shares

काठमाडौं । काठमाडौं कीर्तिपुर बस्ने सुमन श्रेष्ठले एक वर्षअघि आफूले चढ्दै आएको पल्सर बाइक बेचे । पल्सर बाइक चढ्दा धेरै खर्च लाग्यो ।

अफिस र घर गर्दा दैनिक ३० किलोमिटर मोटरबाइकमा गुड्नुपर्छ । यत्तिका लागि मात्रै पनि महिनामा ४ हजारको पेट्रोलले नभ्याउने भयो । पेट्रोलमात्र होइन, बाइक सर्भिसिङमा समेत त्यस्तै खर्च हुने ।

उनले सोचे खर्चिलो पल्सर बाइकभन्दा त बरु इलेक्ट्रिक स्कुटरनै सस्तो पर्ला । उनले इलेक्ट्रिक स्कुटर किने ।

इलेक्टिङ स्कुटर चढ्न थालेपछि सुमन दंग छन् । बाइकमा हुने खर्च बचत भइरहेको छ ।

‘इलेक्ट्रिक स्कुटर लिएपछि मेरो खर्च निकै कम भएको छ,’ श्रेष्ठले भने, ‘यसमा ब्याट्री चार्ज गर्ने हो । चार्ज गर्न धेरै लागे २ युनिट लाग्छ । त्यसको खर्च भनेको लगभग २५ रुपैयाँ मात्र हो, एक युनिटको मूल्य १० रुपैयाँको हाराहारीमा पर्छ ।’

श्रेष्ठका अनुसार इलेक्ट्रिक स्कुटर किनेको एक वर्ष बित्दासमेत उनको खर्च भनेको चार्जिङमात्र हो ।

‘पहिले बाइक हुँदा १ वर्षमा ६५ हजार रुपैयाँभन्दा बढी त पेट्रोलमै खर्च हुन्थ्यो, त्यो खर्च घटेर अहिले १० हजार रुपैयाँमा सीमित भएको छ,’ श्रेष्ठले भने, ‘चलाउँदा आवाज पनि आउँदैन र मोबाइल चार्ज गरेको जसरी घरको पार्किङमै चार्ज गर्छु ।’

यस्तै कथा उज्वलविजय मानन्धरको पनि छ । कलंकीमा बस्दै आएका मानन्धरले इलेक्ट्रिक स्कुटर चढ्न थालेको १ वर्ष भयो ।

‘पेट्रोलवाला स्कुटर हुँदा दिनमा न्यूनतम १ सय रुपैयाँ खर्च हुन्थ्यो तर अहिले इलेक्ट्रिक स्कुटर किनेपछि २० रुपैयाँले पुगेको छ ।’

उनको हिसाबमा पहिले पेट्रोलमा मात्रै वार्षिक न्यूनतम ३५ हजार रुपैयाँ खर्च हुन्थ्यो । पेट्रोलमात्रै हालेर पनि भएन । हरेक महिना सर्भिसिङको खर्च पनि छ । सर्भिसिङमा कम्तीमा २ हजार रुपैयाँ लाग्थ्यो ।

‘एक वर्षमा लगभग २४ हजार खर्च सर्भिसिङमा मात्रै गरेको हुँला, मानन्धरले भने, ‘इलेक्ट्रिक स्कुटर चढ्न थालेपछि थाहा भयो पेट्रोल प्रयोग हुने बाइक चढ्दा कति खर्च हुने रहेछ भन्ने।’

श्रेष्ठ र मानन्धर जस्तै विद्युतीय सवारीमा सर्वसाधरणको चासो बढ्दै गएको छ । यसको प्रमुख कारणमा विद्युतीय सावारी साधान प्रयोग गर्दा लाग्ने खर्चनै हो । सामान्य हिसाब गर्दा पनि विद्युतीय सवारीसाधन प्रयोग गर्दा झन्डै १५ गुणा सस्तो पर्ने देखिएको छ ।

उज्वलविजय मानन्धर

उदाहरणका लागि हेरौं, मानौं तपाईंको पेट्रोल प्रयोग हुने बाइक वा स्कुटरले १ लिटर पट्रोल हाल्दा औसतमा ३५ किलोमिटर गुड्छ भने प्रतिकिलोमिटर ३ रुपैयाँ ८८ पैसा खर्च भयो । तर इलेक्ट्रिक बाइक वा स्कुटर प्रयोग गर्दा २ देखि ३ युनिटमा फूल चार्ज हुन्छ र यसको खर्च २० रुपैयाँदेखि ३० रुपैयाँ मात्रै हुने भयो । फूल चार्ज गरेको बाइक वा स्कुटर औसतमा ८० किलोमिटर मात्रै गुड्यो भने प्रतिकिलोमिटर ०.२५ रुपैयाँदेखि ०.३७ रुपैयाँ भए पुग्यो । त्यसमाथि पेट्रोल प्रयोग हुने साधनमा मासिक रुपमा हुने सर्भिसिङको खर्च पनि बढ्ने भयो

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: