फेरि ओलीले नै जिते पा’र्टी सकिन्छ। त्यसैले मैले जसरी पनि जित्नुपर्छ :भिम रावल

  • 84
    Shares

काठमाडौं ।सर्वसम्मतिमा नेतृत्व चयन कि निर्वाचन भन्ने बहस मै हालसम्म अल्झिएको नेकपा एमालेमा अध्यक्षबाहेकका सबै पदमा आकंक्षीहरुको लाइन छ तर एकसेएक बनेर कोही बाहिर

 

आएका छैनन् । नत उनीहरुले आफुले दाबी गर्नुको स्पष्टमार्ग चित्र नै सार्वजनिक गरेका छन् ।नवौं महाधिवेशनमा नेतृत्वका लागि चुनाव हुँदा प्रतिद्वन्द्वी माधवकुमार नेपाल सँग मात्र ६६””

 

मतको अग्रताले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका थिए ।माधवकुमार नेपाल प्यानल र केपी शर्मा ओली प्यानल बनाएर प्रतिस्पर्धा गर्दा नेपालले एक हजार ३ मत ल्याए भने

 

ओलीले एक हजार ५९ मत ल्याएर विजयी भए ।तर दसौं महाधिवेशनसम्म आइपुग्दा ओलीका मूख्य प्रतिद्वन्द्व नेपाल एमालेबाट अलग्गीएका छन् र ओली सर्वेसर्वा बनेका छन् ।

 

फलतः अध्यक्ष ओली सर्वसम्मत जस्तै छन् ।शुक्रबारदेखि सुरु हुने १० औं महाधिवेशनमा उपाध्यक्ष भीम रावल हार्नकै लागि भएपनि उनीसँग भिड्ने घोषणा गरेका छन् । किनकि ओलीनै

 

फेरि नेतृत्वमा आए पार्टी सकिने रावलको भनाई छ ।पार्टीका दुई नेतालाई धूरी बनाएर शीरदेखि तीरसम्म भन्ने अभियानले यसअघि एमालेको नेतृत्व चयन हुन्थ्यो । तर अहिले प्यानल

 

बनाएर जान बन्देज लागेपछि ओलीकै निर्देशनमा पदाधिकारी चयन र आशिर्वादले पदप्राप्ती गर्ने माहोल बनेको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: