ओलीले भ्रष्टाचार गरेको पैसा चितवनमा देखाउन थाले–बेदुराम भुसाल

  • 8
    Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव बेदुराम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको पैसा चितवनमा देखाउन थालेको आरोप लगाएका छन् ।

क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै महासचिव भुसालले ओली सत्तामा रहँदा भ्रष्टाचार गरेर कमाएको रकम अहिले खर्च गरेर देखाउन थालेको बताएका हुन् । साथै उनले एमालेको महाधिवेशन देउता पुज्ने भेला भएको पनि बताएका छन् ।

उनले भने, ‘यो राजनीतिक समूहमा केपी ओलीले आफ्नो घमण्ड प्रस्तुत गर्ने बाहेक अरु कुनै पनि काम गरेको छैन । त्यहाँ कुनै नीतिको बारेमा छलफल भएको छैन । देशको कुनै समस्याहरुको बारेमा छलफल भइरहेको छैन । जनताको बारेमा कुनै छलफल भइरहेको छैन । खाली त्यहाँ केपी ओलीले त्यहाँ आफूलाई एउटा घमण्डी नेताको रुपमा प्रस्तुत गरिरहेका छन् विगतदेखि नै । त्यो प्रस्तुत गनेए छन् । नाटक मञ्चन हुनेछ । ओलीलाई फेरि अध्यक्ष बनाइने भनेर त्यहाँ भनिनेछ । उनका केही आसेपासेहरु पदमा आसिन भए भनेर त्यहाँ भनिनेछ । यस बाहेक एमालेको महाधिवेशनमा केही काम हुनेछैन् ।’

त्यस्तै महासचिव भुसालले ओलीले भ्रष्टाचार गरेर देशलाई विकासको दिशामा नभइ भ्रष्टाचारमा डुबाएको आरोप लगाएका छन् । यो सबै कारणले नै उनलाई सरकारबाट गिराएको उनको भनाई छ । अहिले त्यही सत्ताबाट गिराएको पीडा ओलीमा भएको उनले टिप्पणी गरेका छन् । साथै उनले अहिले ओलीलाई भ्रष्टाचार गर्न नपाएर पीडा भइरहेको र त्यो पीडा उनले व्यक्त गरिरहेको बताए ।

महासचिव भुसालले एमालेको महाधिवेशनमा बोलाएको भइदिएको भए पनि पनि आफूृहरु नजाने बताएका छन् । देशमा भ्रष्टाचार गरेर कमाएको पैसाले अहिले भइरहेको प्रदर्शनमा आफूहरु सहभागि हुने पक्षमा कहिले नरहेको उनले बताए ।

उनले भने, ‘जुन व्यक्तिले मुलुकको संविधान मान्दैन । जुन व्यक्तिले मुलुकको लोकतन्त्र मान्दैन । जुन व्यक्तिले जनताले चुनेको प्रतिनिधि सभालाई पटक–पटक भंग गर्छ र अदालतले पुनःस्थापित गरिसकेपछि पनि त्यसलाई चल्न दिँदैन । त्यस्तो व्यक्तिले जनता र मूलुकका लागि के काम गर्छ ? त्यस्ता व्यक्तिले राष्ट्रका विरुद्धमा के गरिरहेको छ, के काम गरिरहेको भन्ने कुरामा चाहिँ सतर्क रहने हो । र, त्यसलाई असफल पार्नका निम्ति लाग्ने हो । बाँकी कुराको चिन्ता गर्नुपर्दैन । र, त्यस्तो ठाउँमा नजान नै बेस हुन्छ ।’

एमालेमा आफूहरु हुँदा राम्रै काम भइरहेको भएपनि पछि गएर गलत बाटोमा हिड्न थालेर गलत काम गर्न थाले पछि पार्टी नै बिग्रिएको उनले बताएका छन् । ‘जतिबेला राम्रो थियो, राम्रो काम गर्दै थियो त्यतिबेला राम्रै थियो । जब गलत बाटोमा हिड्यो । गलत कामहरु गर्न थाल्यो बिग्रियो । एउटा मान्छे राम्रो थियो, बौलायो । नराम्रो काम गर्न थाल्यो भनेपछि त्यसलाई सधैं नै राम्रो मानेर हुन्छ त?,’ उनले भने, ‘एउटा व्यक्ति राम्रो काम गरुन्जेल नसभ्य हुन्छ । असध्य भइसकेपछि त असभ्य भयो भन्नै पर्यो ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: