लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौंः केपी ओली

  • 1
    Share

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताएका छन् ।

 

एमालेको १०औं महाधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेको भन्दै उक्त भूभाग फिर्ता लिने बताएका हुन् ।

 

छिमेकसँगको समस्या पारस्परिक कुराकानीबाट समाधान गर्नेछौं,’ ओलीले भने,‘लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौं ।’

 

ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे । उनले भने,‘ आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ । हामी त्यो मान्यतामा छौं ।’

 

ओलीले आफूहरु चुनावको तयारीमा जाने बताए । अबको चुनावमा एकल बहुमत ल्याउने दाबी समेत गरे ।

 

‘हामी चुनावको तयारीमा जानेछौं,’ ओलीले भने,‘हामीले बहुमत ल्याउनेछौं, एमालेका लागि होइन देश र जनताका लागि ।’

 

अरु दलहरु यसअघि नै चुनाव देखि त्रसित भएको टिप्पणी गरे । आफूले जनताको बीचमा जाऔं भन्दा पनि त्रसित भएको टिप्पणी गरे ।

 

देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए । उनले भने,‘जात–जात धर्म–धर्म भाषा–भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं । सहअस्तित्व र सहकार्यको पक्षमा छौं ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: