काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं औँधी खुसी देखिएका छन् । माओवादी छाडेर एमालेमा आएसँगै भएको महाधिवेशनमा आफ्नो पकड कति रहेछ भन्ने उनले खुलासा गरेका छन् ।
महाधिवेशन स्थल चितवनमा रहेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा एमालेमा आफ्नो पकड कति रहेछ भनेर भनेका छन् ।त्यसो त प्रसाईंले एमालेको महाधिवेशन उद्घाटन सत्रमा जनलहर आउनुमा अध्यक्ष केपी शर्मा ओलीको मात्र नभई आफ्नो पनि विशेष योगदान रहेको बताए ।
‘मैले एमाले प्रवेश गरेपछि ओलीको क्रेज झन् बढेको छ । हिजो देखिहाल्नुभो नि,’ उनले भने । पार्टी विभाजन नभएको भए यसको क्रेज अझैँ बढ्ने पनि उनले बताए ।शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा एमालेले पाँच लाख मानिस उतारेको भनिएको छ ।
पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू
चितवन, ११ मंसिर/नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छ ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना शन्देस पढेर सुचाइने कार्यक्रम छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।