कांग्रेस नेता गगन थापा भन्छन् :त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन्, त्यो ‘ओलीवेशन’ हो, हाम्रो अधिवेशन हो

  • 23
    Shares

काठमाडौँ — कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् । ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने । नेता थापाले काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरे ।

‘हिजो मेरो टोलका अभिभावकहरूले सोध्नुभयो । एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन । आज नारायणी किनारमा कति ठूलो सभा भयो । अधिवेशन त यस्तो पो हुनुपर्छ । तिमीहरूको हेर्‍यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ,’ थापाले आफूले जवाफमा काकाहरूलाई भनेको सुनाउँदै भने, ‘एमाले र हामीहरूबीचमा अलिकति फरक छ । हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन् । हरेक कार्यकर्ता आफैंमा एउटा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन ।’

भर्खरै

सम्बन्धित समाचार

error: