केपी ओलीलाई, हराएर एमालेको अध्यक्ष हुदै युवा नेता – भीम रावल

  • 2
    Shares

काठमाडौँ – एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए ।

होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।

र’क्सी खाएर प्रचार गरे उम्मेदवारी रद्द हुने
नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि आचारसिंहता जारी गरेको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर प्रचार गर्नसमेत निषेध गरिएको छ । आयोगले आचार संहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गरेसम्मको व्यवस्था रहेको छ । ‘निर्वाचन आयोगले दिएको निर्देशन पालना नगर्ने व्यक्तिलाई सचेत गराउने, निर्वाचन स्थलबाट हटाउने, निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही केन्द्रीय निर्वाचन आयोगले गर्न सक्नेछ’

आचारसंहितामा भनिएको छ । ‘ज्याकेट, टिसर्ट, ट्रयाकसुट, डटपेन, टोपी, झोला, डायरी, लकेट, व्यक्तिको चरित्र हत्या हुने खालको सामाग्री, बोर्ड, तुल–व्यानर, ब्रुसर, गम्छा लगायतका निर्वाचनलाई प्रभावित पार्ने कुनैपनि सामग्रीहरु वितरण गर्न पाईने छैन,’ आचारसंहितामा भनिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: