कांग्रेस गगन थापा गर्जिदैंमा एमालेको रौँ पनी हल्लीदैँन :विष्णु रिजाल

  • 2
    Shares

नेपाली काग्रेसका युवा नेता तथा प्रतिनिधी सभाका सदस्य गगन थापालाई आफ्नै बोली महंगो परेको छ । दुई दिन अघि भक्तपुरको गुण्डु पुगेर आगामी निर्वाचनमा एमालेलाई बढार्ने चेतावनी दिएका गगन थापालाई अहिले त्यहि बोलीका कारण चर्को आलोचनाको सिकार बन्नु पर्ने अवस्था आएको छ । थापा विरुद्ध एमाले अध्यक्ष ओली देखी

तल्लो लेवलका एमाले कार्यकर्ता सम्म खनिएका छन् । एमाले अध्यक्ष ओलीले एउटा सानो फुच्चो बावु भन्दै थपालाई जवाफ दिएका छन् भने अरु एमाले कार्यकर्ताहरुले गगन थापाको बाख्रा फर्मको हिसाब समेत फेरी मागेर गाली गरेका छन् । आफ्नो हैसियतमा बस्न उनलाई सचेत बनाएका छन् । यसै विच नेकपा एमालेका केन्द्रीय सदस्य तथा

डोल्पा जिल्ला इन्चार्ज विष्णु रिजालले कांग्रेससँग हिम्मत भए चुनाव घोषणा गरेर सिंगल–सिंगल भिड्न चुनौति दिएका छन् । कांग्रेस नेता गगन थापाले सिंगल–सिंगल भिडेर एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्ने बताएका थिए । त्यसलाई जवाफ दिदै एमाले विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले विगतमा एमाले मुक्त देश बनाउने

भनेका विमलेन्द्र निधी आफैं मधेशमुक्त भएको भन्दै गगन थापाको चुनौति पनि स्वीकार्य रहेको बताएका छन् । रिजालले भने– हिले फेरि कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा

पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ । हाम्रो चुनौती छ चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ ।

भर्खरै

सम्बन्धित समाचार

error: