प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको अस्मितामा कसैले धावा बोले सेना चुप लागेर नबस्ने बताएका छन् ।मकवानपुरमा रहेको जस्तो गढी त्यस्तो धावा बोल्नेहरूलाई तह लगाउन उपयोगमा आउने पनि उनले बताए । मकवानपुर एउटा सामारिक स्थान भएकाले यसको महत्व
सुरक्षाको दृष्टिकोणमा सधै उपयोगि रहने छ । बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक ९युद्धको० रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए ।
आवश्यक भएको समयमा सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे । महत्वपूर्ण गढीहरुको संरक्षण नगरे इतिहासको धरोहरहरु लोप हुदै जाने उनको भनाई थियो । नेपाली सेनाले मकवानपुरको
चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे । यो गढीको विकासको महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो शर्माले भने । नेपालको अन्य गढी किल्ला गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्वपूर्ण मानिएको छ ।
प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन विदेशीहरुलाई लगाउन बनाइएको गढ किल्लाहरुको धेरै ऐतिहासिक महत्व छ ।मल्ल राजा शाहवंश राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका
रहेको थियो । वैद्यरअवैद्य रुपमा नेपाल छिर्नेहरुको लागी भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको भन्दा महत्वपूर्ण मानिन्थ्यो । देशको अहिलेको गृह मन्त्रालय अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो । शर्माले भने ।