कोमल वली नै भीम रावललाई एमाले अध्यक्षमा जिताउन भोट माग्दै !

  • 7
    Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार भीम रावलले प्रचार सुरु गरेका छन् ।

 

वर्तमान अध्यक्ष केपी ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफलमा व्यस्त छन् ।

 

तर, यसैबेला वर्तमान उपाध्यक्ष रावलले अध्यक्ष पदका लागि मत माग्न थालेका छन् ।आइतबार भीम रावलले आफ्नो प्रचारमा पर्चा वितरण सुरु गरेका हुन् ।

 

ओलीले नेतृत्व चयनका लागि प्रयास जारी राखेकै बेला केही प्रतिनिधिले भीम रावलको पर्चा वितरण थालेका हुन् ।

 

सहमति खोज्दै ओलीले केही नेताहरुसँग छलफलमा व्यस्त हुँदा १० बजे सुरु बस्ने भनिएको बन्दसत्र समेत सुरु भएको छैन । यसैबेला भीम रावलको पक्षधर प्रतिनिधिहरुले पर्चा वितरण गरेका हुन् ।

 

कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन्

 

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: