एमाले महाधिवेशन ‘पिकनिक’ जस्तो रमाइलो भइरहेको छः दुर्गा प्रसाई

  • 53
    Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बनेर चितवन पुगेका दुर्गा प्रसाईंले एमाले पार्टीले गर्दा नै सौराहको ठूलो विज्ञापन भएको बताएका छन् । एमालेको महाधिवेशनमा उपस्थित जनताहरुको विजोग अवस्था भयो, एमालेले

राम्रो व्यवस्थापन गर्न सकेन भन्ने हो होल्ला चलिरहँदा केही महिला अगाडि नेकपा एमाले प्रवेश गरेका व्यवसायी दुर्गा प्रसाईले चितवन सौराहमा आएका जनताले पिकनिक आए झै रमालो मानेको बताए । उनले अहिलेसम्म यसरी जनतालाई कुनै पार्टीले घुमाउन नसकेको समेत बताए ।

उनले यो महाधिवेशन दुई तीन दिन मात्रै नभएर पन्ध्र दिन हुनुपर्ने भन्दै जनताले रमाइलो मानेको बताए । यसैक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्रमोदी आएर पशुपतिनाथमा दर्शन गर्दैमा ठूलो कुरा नभइ अहिले चितवनमा भइरहेको माहोलले धेरै ठूलो विज्ञापन भएको दाबी गरे ।

यस्तै उनले राजनीति गर्न सके सबै कुराको सम्भव भएको बताएका छन् । उनले राजनीतिबाट नै देश कव्जा गर्न सकिने टिप्पणी गरे । साथै उनले राजनीति गरेर खरानी धस्न नभइ देशका लागि लड्न र देश कब्जा गर्न सकिने बताए । उनी आफू राजनीति पेशा तथा जागिरे नभएर अरु काम गरेर चल्ने व्यक्ति भएको बताए ।

उक्त माहाधिवेशमा प्रतिनिधि बनेर पुगेका प्रसाईंले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको हल्ला बाहिर आएपनि उनी आफैले भने केन्द्रिय सदस्य नबन्ने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत अहंकारीको टिप्पणी गरेका छन् ।

उनले प्रचण्डको केही गुन धेरै बैगुनका कारण आफू प्रचण्डदेखी टाढा रहेको बताए । यस्तै उनले २०५२ सालदेखि डा। बाबुराम भट्टराई र प्रचण्डले जनयुद्ध सुरु गरेको बताउँदै उनीहरुले आफ्नो सिद्धान्त जानु थियो भने किन १७ हजार मान्छे मारेको भन्दै प्रश्न समेत गरे ।

उनले अब एक वर्षमा लगभग सबै आमनेपालीलाई एमाले प्रवेश गराउने दावी समेत गरे । त्यस्तै उनले अब देशमा गद्दार नेतालाई उठ्न नदिइ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर देश विकास गर्ने बताए । उनले नेपाली कांग्रेस पार्टीमा नै बढी चाकडी हुने गरेको आरोप बताउँदै एमालेको महाधिवेशन देखेर नेपाली कांग्रेसलाई औंडाह भएको बताए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: