केपीलाई १००० भोल्टको झट्का : रातारात कोमल ओली भिम रावल समुहमा प्रवेश

  • 488
    Shares

कोमल वली नै भीम रावललाई एमाले अध्यक्षमा जिताउनको लगी ?

प्रकाशित मिति ।

.

काठमाडौं ।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार भीम रावलले प्रचार सुरु गरेका छन् ।

वर्तमान अध्यक्ष केपी ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफलमा व्यस्त छन् ।

तर, यसैबेला वर्तमान उपाध्यक्ष रावलले अध्यक्ष पदका लागि मत माग्न थालेका छन् । आइतबार भीम रावलले आफ्नो प्रचारमा पर्चा वितरण सुरु गरेका हुन् ।

ओलीले नेतृत्व चयनका लागि प्रयास जारी राखेकै बेला केही प्रतिनिधिले भीम रावलको पर्चा वितरण थालेका हुन् ।

सहमति खोज्दै ओलीले केही नेताहरुसँग छलफलमा व्यस्त हुँदा १० बजे सुरु बस्ने भनिएको बन्दसत्र समेत सुरु भएको छैन ।

यसैबेला भीम रावलको पक्षधर प्रतिनिधिहरुले पर्चा वितरण गरेका हुन् ।

कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन्

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए ।

एमालेमा पेलिए रामबहादुर

माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी पेलिएका छन् ।

महाधिवेशनमा प्रतिनिधि छनौट देखि केन्द्रिय समिति निर्माणमा बादलले कुनै भुमिका प्राप्त गर्न सकेनन् । नेता बादल ओलीको तजबिजको गोटीमा मात्रै सिमित भए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भुमिका, बरिष्ठता र अप्ठ्यारो अवस्थामा एमालेलाई बचाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको कारण बादल महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा चुनिने धेरैले आंकलन गरेका थिए ।

तर ओलीले बादललाई बरिष्ठ उपाध्यक्ष बनाउने कुरा त कहाँ हो कहाँ, पुर्व माओवादीबाट आएकाहरुलाई टुटफुट गराएर व्यक्तिमा निर्णय गरे ।

तत्कालिन ससस्त्र जनयुद्धको योजनाकार र सैन्य नीति निर्माताको रुपमा परिचित नेता बादल झण्डै २ दशक माओवादीको महासचिव भैसकेका थिए ।

माओवादीबाट छुट्टिएर एमालेमा समाहित हुने क्रममा देशैभरिबाट उनको पछाडि हजारौं कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

तर महाधिवेशन प्रतिनिधि छनौटको क्रममा सहमतीको नाममा पुर्व माओवादीका सयौं नेताहरुलाई सहभागी नै गराइएन् ।

प्रतिनिधिमा छुटेका पुर्व माओवादी नेता तथा कार्यकर्ताहरुलाई प्रतिनिधित्व गराउने बचन अध्यक्ष ओलीले बादललाई दिए, तर बादलको तर्फबाट सुचि लिएर प्रतिनिधि बनाउँदा उनि हावी हुनसक्ने देखेर ओलीले सिमित व्यक्तिहरुलाई मात्रै व्यक्तिगत छनौटका आधारमा समेट्ने काम गरे । जसको नेता बादलले खबर नै पाएनन् ।

आइतबार राती एमाले अध्यक्ष ओलीले ३०१ जना पदाधिकारी सहित केन्द्रिय समितिको नामावली महाधिवेशनमा प्रस्ताव गरेका छन् ।

एमालेको उच्च स्रोतका अनुसार बादललाई ओलीले प्रस्तावित केन्द्रिय समितिको नामावली तयार पार्दा कुनै महत्व नै दिएनन् । बादलले एमालेमा आफुलाई पुर्व माओवादी समुहको नेताको रुपमा स्थापित गर्ने प्रयास गरिरहेका थिए ।

एमालेको हालसम्मको केन्द्रिय समितिमा २३ जना पुर्वमाओवादीको प्रतिनिधित्व रहेको थियो । महाधिवेशनमार्फत नेता बादलले कम्तिमा ४६ देखि ५० जना पुर्याउने लक्ष्य राखेका थिए । तर ओलीले उनलाई नै नसोधी नाम प्रस्ताव गरेकाले को प्रस्तावित भए को भएनन् भन्नेमा अहिले बादल नै बेखबर भएका छन् ।

माओवादी आन्दोलनमा एउटा निर्णायक नेतृत्वको रुपमा स्थापित भएका नेता बादलले एमालेमा पनि त्यो स्थान प्राप्त गर्ने अनुमान गरेका थिए ।

तर एमालेको एउटा समुहले आ

भर्खरै

सम्बन्धित समाचार

error: