भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

  • 516
    Shares

काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावल ओलीसँगै मञ्चमा देखिएका छन्।

 

एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा सँगै देखिएका हुन्।

 

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले मत परिणाम सार्वजनिक भएपछि सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

 

मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना भइरहेको छ। कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन्।

 

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

 

एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको हो।

 

मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: