चितवनमा सम्पन्न नेकपा एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार भिम रावल अर्का उमेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए । यद्यपी उनीप्रति एक खालको सहानुभुती देखिएको छ ।
केपि ओली सँग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम सम्म आफ्नो अडानमा टिकेर बसेका रावलले ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिएको भनेर ओली पक्षले आलोचना गरिरहँदा पनि कतिपयले रावलको कदमले अल्टीमेट्ली ओलीलाइननै फाइदा पुगेको विश्लेषण पनि गरेका छन् ।
रावलले ओलीले अफर गरेको उपाध्यक्ष पद स्विकार गरेको भए सायद एमालेलेको दशाँै राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सक्थ्यो ।
तर विरोधी र आलोचकहरुले गजबको मसाला पनि पाउँने थिए । मुखले जबज भने पनि प्रतिष्पर्धालाई निषेध गरेको, ओलीको अगाडी सबै दास बनेको लगायतका कुराले समाचार र समाजिक संजालका पाना रंगिन्थ्यो कम्तीमा त्यो हुन पाएन भन्ने कर्नर विश्लेषण पनि भएको छ ।
धेरैले भिम रावलले अध्यक्षको उमेदवारी घोषणा गर्दा उपाध्यक्ष पदको बार्गेनिङ भन्ने अर्थमा बुझेका थिए तर रावल अन्तिम सम्म आफ्नो अडानमा टसमस भएनन् र चुनाव भएरै छोड्यो । उनले निकै फराकिलो मतान्तरमा चुनाव हारे तर पनि सन्तोष दिखिएका छन् ।