नेकपा एमालेका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीभित्र अब को पूर्वमाओवादी, को एमाले भनेर कित्ताकाँट गर्न नहुने बताएका छन् । नेता रायमाझीले भने, “अब हामी माओवादी रहेनौं । त्यो इतिहासको कुरा हो । एमाले र माओवादी मिलाएर नेकपा बनायौं । नेकपा एमाले नेकपाकै निरन्तरता हो । अब पाटीभित्र को माओवादी, को एमाले भनेर कित्ताकाँट गर्ने कुरा आउँदैन ।”
आफूहरु मुलुक र पार्टीको आवश्यकता अनुसार केपी शर्मा ओलीको नेतृत्वलाई मानेर अघि बढेको उनले बताए । रायमाझीले थपे, “हामी पद होइन, मुलुक र जनतालाई सर्वोपरि मान्छौं । राजनीतिमा लाग्ने सबैले पद पाउँछन् भन्ने होइन, तर ओली देश र जनताको आवश्यकता अनुसार छानिएको नेता हो । हामी सबै उहाँलाई नेता मानेर अघि बढेका हौं । अब प्रतिस्पर्धा वा सहमतिमा पाएको जिम्मेवारी पूरा गर्छौं ।”
एमालेमा आन्तरिक जनवाद निमिट्यान्न नहुने पनि उनले बताए