माधवकुमार नेपाल को पिउसो पाटीलाई नाम निसानै मेटाईदिन्छौ आउदो चुनाव मा : केपी ओली

  • 129
    Shares

भर्खरै महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले तीन महिना एकीकरणको अभियान सञ्चालनको तयारी थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले तीन महिना एकीकरणको अभियान सञ्चालन गर्न लागेको बताए ।

चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षमा दोस्रो पटक निर्वाचित ओलीले महाधिवेशन समापन गर्दै पार्टी एकता नभइ कार्यकर्ता प्रवेश गराउने अभियान थाल्ने स्पष्ट पारे ।

ओलीले भने ‘हामी तीन महिनासम्म अब एकीकरणको अभियान संचालन गर्नेछौं । कार्यकर्ताा एकीकरणको अभियान, कार्यकर्ता प्रवेशको अभियान गरिनेछ । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउनुपर्छ । एउटा अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउनुपर्छ ।’

ओलीले अहंकारी व्यक्ति नेता बन्न नसक्ने पनि बताए । ओलीले भने ‘अहंकार र नेता मिल्ने कुरा होइनन् । नेतामा अहंकार हुँदैन, अहंकारी नेता बन्न सक्दैन ।’

विनम्रताका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा ओलीले जोड दिए । विभिन्न अभियान संचालन गरेर एमाले जनतामा जाने ओलीले बताए । स्थायी कमिटी, पोलिटब्यूरो बैठक गठन र कार्ययोजना छिट्टै तय गर्ने उनले बताए । २५ र २६ मंसिरमा केन्द्रीय कमिटीको बैठक बस्ने ओलीले बताए ।

पार्टीमा अनुशासन उल्लंघन हुन लागेको अवस्थामा सचेत गराउन दृढताका साथ अघि बढ्न ओलीले अनुशासन आयोगलाई आग्रह गरे । जो सुकै भएपनि अनुशासन उल्लंघन मान्य नहुने ओलीले बताए ।

यस्तै, पार्टीका सचिव योगेश भट्टराईले पनि एमालेले एकीकरणको कदम चाल्न लागेको बताएका छन् । बिहीबार एक टेलिभिजनमा अन्तर्वार्ता दिदै उनले माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीका सबै नेता कार्यकर्ताहरु ३ महिनाभित्र एमालेमै आउनेगरी एकीकरणकको अभियान चलाउन लगोको बताएका छन् । ‘माधव नेपालबाहेक सबै नेता कार्यकर्ताहरु स्थानिय तहसम्मै एमालेमा प्रवेश गर्छन्’, उनले भने ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: