फेरि आफै प्रधानमन्त्री बन्ने दाउमा संसद् अवरोध गर्ने केपी ओली को उदेश्य,

  • 139
    Shares

पुर्व प्रधानमन्त्री एवम नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब नयाँ जनादेशमा जानुपर्ने बताएका छन् । चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट प्रतिस्पर्धी भीम रावललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका अध्यक्ष ओलीले शुक्रबार पदभार ग्रहण गर्दै ताजा जनादेशमा जानुपर्ने बताएका हुन् ।

काठमाडौंमा केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै ओलीले नेपालको न्यायालयमा देखिएको समस्या पाँच दलीय गठबन्धनले निम्त्याएको आरोप लगाएका छन । पदभार ग्रहणपछि ओलीले भने गठबन्धन सरकारले देशलाई अकर्मण्यतातर्फ धकेलेको उनको आरोप छ ।

यस्तै ओलीले मंसीर २८ गते बोलाइएको संसद बैठक सञ्चालन हुन नसक्ने संकेत दाबी गरेका छन् । सभामुख अग्नि सापकोटाले आफ्नो पार्टीबाट निष्कासित व्यक्तिलाई सांसदकै हैसियत दिएको बताउँदै ओलीले “यस्तो कदमलाई स्वीकार गर्न सकिँदैन।” ओलीले सभामुख निष्पक्ष रहन नसकेको बताएका हुन ।

भर्खरै

सम्बन्धित समाचार

error: